नेकपा एमालेका नेता डाक्टर भमि रावलले एमसिसी सम्झौतामा रहेका केही बुँदाहरु देशको हितमा नरहेको बताएका छन् । अमेरिकी सहोग परियोजना गर्दा भारतको पनि सहमति हुनुपर्ने, अमेरिकाकै कानुन नेपालको कानुभन्दा माथि हुने लगातका केही बुँदा अस्पष्ट रहेको उनको दाबी छ ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र वानियासँग कुराकानी गर्दै उनले एमसीसी सम्झौता नेपालमा ल्याउनमा बाुबुराम भट्टराईको पनि हात रहेको बताएका छन् ।
सम्झौतालाई संसदबाट पास गर्नुपर्ने प्रावधान पनि तत्कालीन एमालेकै अर्थमन्त्री युवराज खतिवडाले जारी गरेको उनले बताएका छन् । खतिवडालाई कारबाहीको दायरमा ल्याउन आफूले सअघि नै आवाज उठाएको उनको दाबी छ ।
एमसीसीमा मतदान गर्न पार्टीले ह्विीप लगाएको खण्डमा आफू त्यसको विपक्षमा उभिने उनको दाबी छ । यसको अर्थ उनी पार्टी परित्याग पनि गर्न सक्नेछन् ।
‘एकीकृत समाजवादीमा तपाई प्रवेश गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले अहिले अन्य पार्टीमा जाने ोजना नरहेको र आफू एमाले नै रहेको उनो दाबी छ । भविष्यमा के हुन सक्छ भन्ने कुरा अहिल्यै प्रष्ट नभैसकेको उनेको दाबी छ ।
नागरिक पत्रले यो सामग्री तार पार्दा सत्तारुढ गठबन्धनमा एमसीसीबारे छलफल जारी छ भने एमाले अहिलेसम्म प्रष्ट नभइसेको बताइएको छ । तर, एमालेकै पालाबाट एमसीसी संसदमा विचाराधीन भएको हो ।
एमालेले जोडबलले एमसीसी पास गर्न खोजेको थो तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले टेबुल हुनबाटै रोकेका थिए ।

