सरकारका एक मन्त्रीले नै घरमा सुरक्षाकर्मीहरु, गाडी नराखेको सुन्नुभएको छ ? धेरैलाई थाहा नहुन सक्छ, परराष्ट्रमन्त्री नारायण खडका सरकारका एकमात्र यस्ता मन्त्री हुन जसले घरमा सुरक्षाकर्मी, गाडी चालक, कर्मचारी केही राखेका छैनन ।
आफूलाई आफ्नो काम आफैं गर्न ठीक लाग्ने भन्दै उनले यस्तो गरेका हुन् । केही समयअघि उनले घरमा आएका पाहुनालाई आफै चिया दिइरहेको तस्बिर चर्चामा आएको थियो । उनले यस्तो काम चर्चाका लागि गरेका होइनन् । उनी साधारण मान्छेजस्तै आफू भएको र सामान्य रुपमा बस्न चाहेको बताउछन् ।
उनी खाना पकाउने लगायतका आफ्ना दैनिक कामहरू आफैँ गर्छन् । परराष्ट्रमन्त्री खड्काको घरमा सुरक्षाकर्मी पनि छैनन् । उनी भन्छन् ‘म गरिब देशको मन्त्री हुँ, मलाई अनावश्यक तडक–भडक गर्नु छैन, जनताजस्तै भएर रहन चाहन्छु ।’
आफूले पाहुनालाई चिया पकाएर खुवाउनु कुनै समाचारको विषय नभएकाले यसको प्रचार–प्रसार गरिरहन जरुरी नरहेको डा। खड्काले बताए । ‘यो त मानिसको आ–आफ्नो चेतनास्तरको कुरो हो, उनले भने, विगतमा कतिपय मन्त्री र नेताहरूले मोटरसाइकल चढेको मिडियामा समाचार आयो, भोलिपल्टै उनीहरू फेरि गाडीमै हिँडेको पनि देखियो । त्यसैले मलाई यस्तो गरेँ, उस्तो गरेँ भन्दै प्रचार गर्न रुचि छैन । प्रचारका लागि यसो गरेको पनि होइन ।’
तर, राजनीतिमै भर्खर चर्चामा आएका प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेका एक नेता तथा व्यवसायी दुर्गा प्रसाईंले महिनाको १० लाख खर्चेर १० जना बढी बडिगार्डहरु आफ्नो सुरक्षाका लागि राखेको बिषय बाहिरिएको छ ।
आफूसंग हतियार सहितका बडीगार्ड हुँदाहुँदै दुर्गा प्रसाईंले सरकारबाट समेत एक जना हतियार सहितको सुरक्षाकर्मी राखेको कारण अहिले विवादित विषय बनेको छ ।
प्रसाईंले आफ्नो बडीगार्डहरुमा मासिक १० लाख खर्च गर्ने गरेका छन् । १० देखि १२ जना बडिगार्ड राखेका दुर्गा प्रसाईंले मासिक १० लाख खर्च गर्ने गरेका छन् । आफू जहाँ गएपनि आफूसंग दुई जना बडिगार्ड बोकेर हिड्ने गरेकाले सबै खर्च दुर्गा प्रसाईंले नै गर्ने गरेका छन् ।
दुर्गा प्रसाईंले आफू माओवादी केन्द्रबाट राजनीति गर्दै गर्दा देखि र व्यवसायमा संलग्न भएपछी बडिगार्ड राख्न थालेका हुन् । माओवादीको पृष्ठभूमि र मेडिकल व्यवसायमा लागेपछि आफ्नो सुरक्षाको लागि सुरुवातदेखि नै बडिगार्ड राख्न थालेका हुन् । १० वर्ष देखि नै प्रसाईंले आफूसंग बडीगार्ड राख्न थालेका हुन् ।
आफू संधै सत्यको पक्षमा उभिने भएकाले पनि मेडिकल व्यवसायमा पनि स्वास्थ्य प्रतिस्पर्धाका साथ व्यापार गर्न थालेपछि मेडिकल माफियाबाट समेत आफूलाई सुरुवातमा खतरा हुने आकलन गरेर बडिगार्ड राख्न थालेका हुन् ।
अझै माओवादीबाट राजनीति गरेकोले आँखाको तारो समेत बनेकोले आफूलाई सुरक्षा दिन बडीगार्ड आफ्नै खर्चमा राख्न थालेका थिए ।
३ वर्ष अघि झापाको घरमा बम ब्लाष्ट भएको थियो । प्राय झापा मै बस्ने गरेका दुर्गा प्रसाईंको घरमा बम भेटिएपछि नेपाल आर्मी आएर डिस्पोजल गरेको थियो । बमबाट आफू र आफ्नो परिवार जोगिए पनि आफूलाई थ्रेट भएको दुर्गा प्रसाईंले त्यो बेलाबाट महशुस गरेका थिए ।
१।५ वर्ष अघि फेरि काठमाडौंको घर अगाडी बम भेटिएको थियो । त्यो ब’म बि’ष्फोट नहुँदै डिस्पोज गरिएको थियो । झापादेखि काठमाडौंसम्म बम भेटिएपछि दुर्गा प्रसाईं र परिवार आत्तिएर सरकारसंग हतियार राख्ने अनुमति मागेका हुन् । हतियारको अनुमतिको लागि सरकारले यी दुई घटनालाई हेरेपछि एउटा हतियार राख्ने अनुमति दिएको थियो ।
दुर्गा प्रसाईंको बडिगार्डसंग एउटा हतियार हुने गर्दछ । आफ्नो सुरक्षाकोलागि दुर्गा प्रसाईंलाई हतियार राख्न सरकारले अनुमति दिएको हो । अनुमतिसंगै दुर्गा प्रसाईंले वार्षिक हतियार राखेको शुल्क समेत तिर्ने गर्दछन ।
तत्कालिन नेकपा पार्टी फुटेसंगै दुर्गा प्रसाईंले पुष्पकमल दाहाल प्रचण्डुलाई छोडेर नेकपा एमाले प्रवेश गरे । दुर्गा प्रसाईंले माओवादी केन्द्र छोड्दा माओवादी पार्टी भित्र भूइंचालो नै गएको थियो । प्रचण्डको दरिलो खम्बाले साथ छोडे भनेर चर्चा समेत भएको थियो ।
एमाले प्रवेश गरेसंगै दुर्गा प्रसाईंले तत्कालिन झापाका सिडिओलाई सरकारबाट सुरक्षा चाहिने माग गरेका थिए । दुर्गा प्रसाईंले माग गरेपछि सरकारले ुथ्रेट एनलाईसिस टिमु लाई अध्ययन गर्ने भन्यो । उक्त अध्ययनले दुर्गा प्रसाईंलाई सुरक्षा दिनुपर्ने भनेर एक महिनाको लागि एकजना हतियार सहितको सुरक्षाकर्मी दिने निर्णय गर्यो ।
अहिले दुर्गा प्रसाईंसंग एक महिनाका लागि एक जना सरकारले खटाएको सुरक्षाकर्मी छन् । बाँकी आफ्नो १० जना बडीगार्ड छंदैछन् । आफू एमालेमा प्रवेश गरेको र केन्द्रीय सदस्य भएपछी खतरा बढ्न सक्ने साथै सातै प्रदेशमा राजनीति कार्यक्रमलाई दौडधूप गर्नुपर्ने हुँदा पनि सरकारले सुरक्षा दिने निर्णय गरेको नेता प्रसाईंको भनाई रहेको छ ।
‘मैले सरकारलाई ट्याक्स तिर्छु त्यसैले सरकार समक्ष सुरक्षाको माग गर्ने अधिकार मेरो हो । सरकारले जनताबाट ट्याक्स लिएपछि सुरक्षा दिने जिम्मेवारी पनि हो । फेरि धेरै ट्याक्स तिर्ने व्यवसायीहरुलाई हरेक देशले सुरक्षा दिन्छ । त्यसैले सरकारले मलाई सुरक्षा दिनुलाई विवाद वा चर्चाको विषय बनाउनुपर्ने देख्दिन ।’
‘हेर्नुस म राजनीति गर्ने मान्छे हुँ । प्रचण्डसंग नजिक रहेर काम गरे तर एकाएक देशको लागि एमालेमा प्रवेश गरे । अब मेरो राजनीतिक अगाडि बढ्दा स्वाभाविक रुपमा खतरा हुने नै भयो ।
अनि फेरि म मेडिकल व्यवसायी भएर मेडिकल माफियाहरु विरुद्द बोल्ने गरेको छु । त्यसैले यो देशमा सत्यसंग लड्दा कहिले काहीं खतरा हुनेगर्छ । व्यक्ति विशेष वा पार्टी विशेष भन्दा पनि आफ्नो सत्य बोल्ने चरित्रको कारण खतरा बढ्ने देखेको छु ।’
दुर्गा प्रसाईंले माओवादी केन्द्र र प्रचण्डलाई छोडेपछि प्रचण्डदेखि माओवादी केन्द्रका नेताहरुको बारेमा पोल खोल्ने गरेका छन् । तर आफूले भने पोल खोल्ने गरि वा कसैको जीवन ड्यामेज पर्नेगरि भन्दापनि माओवादी केन्द्रका नेताहरुका गल्तीहरुलाई औंल्याएको बताएका छन् ।
आफूलाई माओवादी केन्द्रबाट खतरा रहेको भने दुर्गा प्रसाईं स्विकार्दैनन् ।
स्मरण रहोस्ः तर, जसले जे भने पनि एमाले प्रवेशको दिन उनले लिखित भाषण पढेका थिए । उनी राजनीतिमा धेरै माथि पुगेको नेता भने होइनन् ।

