मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न रस्साकस्सी भइरहेका बेला सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसी पास गर्नु हितकर नभएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सिंगो जनता विरुद्दमा हुँदा पनि पारित गर्छु भन्नु लोकतन्त्रमाथिको अपमान भएको बताएका हुन् ।
उनले भने- ‘सिंगो जतना एमसीसीको विरुद्दमा हुँदा हुँदै यसलाई पारित गर्छू, यसलाई पारित गर्न लाग्छौं । भन्नु यो सरासर लोकतन्त्रमाथिको अपमान र लोकतन्त्रमाथिको हमला हो ।’
एमसीसी मुलुकको हितमा नरहेको बताउदै शाहीले यो राष्ट्रघाति चीजलाई पारित नगर्दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।
उनले भने- ‘माननिय सांसदहरुलाई सम्माननिय प्रधानमन्त्रीज्युलाई, सम्माननिय सभामुखज्युलाई हामि सबैको नेपाली जनताको तर्फबाट आग्रह के छ भने, एमसीसी जस्तो राष्ट्रघाति चीजलाई पारित नगर्दिनु हुन
र त्यो सम्झौताले नेपाललाई पार्ने प्रभाव र भोलि आउने पीढीलाई पर्ने असरलाई हामिले मध्यनजर गर्ने हो भने यो मुलुकको हितमा छैन । यो राष्ट्रको हितमा छैन । देशको जुन हितमा छैन । जुन सिंगो जनताको हितमा छैन भने यस्तो अवस्थामा पारित गर्नु राज्यको अपमान सरह हो । ‘
‘पार्टीका कार्यकर्ताले राज्यको सम्पत्ति भुटेको बताउदै शाहीले नेपालमा आउने भनिएको ५५ अर्ब रकम ठुलो नभएको बताए ।’
उनले भने- ‘एमसीसीबाट आउने रकम ५५ अर्ब हो । ५५ अर्ब रकमले यदि मुलुक कायापलट हुन्छ भनेर कसैले भन्छ भने त्यस्तो आशय झुट हो । ५५ अर्ब रकम त्यति ठुलो रकम होइन । हाम्रो देशमा आज पनि १६ खर्बको आर्थिक बजेट छ ।’
उनले थपे- ‘यदि पैसा नै चाहिएको छ भने । यदि पैसा नै देश बिकाशको बाधक हो भने । यदि यस्तो हो भने नेपाल सरकारलाई हामिले आव्हान गर्छौ, ६२ अर्बको एनसेलको मुद्दा जित्नुहोस्, १२ अर्बको फोरजी घोटलालाई जित्नुस्,
झण्डै ६ खर्ब ३४ अर्ब भन्दा बढी पैसा २०४६ साल देखि अहिलेसम्म विभिन्न राजनितिक दल, विभिन्न पार्टीका कार्यकर्ता, विभिन्न संबैधानिक आयोगका कर्मचारीहरु र विभिन्न सरकारी कर्मचारीहरुले यो राज्यको सम्पत्ति भुटेका छन् । यीनीहरुबाट उठाउनुहोस् ।’

