भारतमा ६।१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण–पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
स्थानीय समयानुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।
८४ रुपैयाँमा किनेको पेट्रोल १४२ मा बेच्दा पनि ‘घाटा’मा निगम
उपभोक्ताले खरिद मूल्यको ६८ प्रतिशतसम्म बढी मूल्य तिर्दा समेत नेपाल आयल निगम (एनओसी)ले ‘घाटामा छौं’ भन्न छाडेको छैन ।
१८ माघमा सार्वजनिक मूल्यसूचीअनुसार एनओसीले इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग जम्मा ८४ रुपैयाँ ३२ पैसा प्रतिलिटरमा पेट्रोल खरिद गर्छ ।
नेपालमा तेलको व्यापार गर्ने एक मात्रै निकाय एनओसीले उक्त मूल्यमा ५७.६८ रुपैयाँ थपेर १४२ रुपैयाँमा पेट्रोल बेचिरहेको छ ।
उपभोक्ताले खरिद मूल्यको ६८.४० प्रतिशत बढीमा किनिदिँदा समेत निगमले पेट्रोलमा प्रतिलिटर १३.२३ रुपैयाँ घाटा रहेको उल्लेख गर्दै आएको छ ।
एनओसीका अनुसार लागत मूल्य (करसहित)मा नाफा नजोडिकन बेच्ने हो भने पेट्रोलको मूल्य १५५.२३ रुपैयाँ पुर्याउनुपर्छ ।
आईओसीबाट हरेक १५ दिनमा आउने मूल्यका आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुन्छ ।
मूल्य बढेर आउँदा लागत मूल्य पूरै नलिए पनि घाटा कम गर्न दुई प्रतिशतसम्म बढाउने गरिएको एनओसीका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।
मूल्य घटेर आयो भनेचाहिँ घाटापूर्ति कम गर्न भन्दै थोरै मात्रै घटाउने गरेको छ ।
पेट्रोलमात्रै नभएर डिजेल पनि ८५.४२ रुपैयाँमा खरिद गरेर १२५ रुपैयाँमा बेच्ने गरिएको छ ।
डिजेलमा लागत मूल्यको ३९.५८ रुपैयाँ बढी उपभोक्ताले तिर्दा निगमलाई अझै प्रतिलिटर ११.१३ रुपैयाँ घाटा भएको उपाध्याय बताउँछन् ।

