राष्ट्रियसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता रामनारायण बिडारीले यो देशमा एमालेले भनेको कुरामा बगेर हिँड्ने हो भने समय बर्बाद हुने बताएका छन् ।
उनले एमाले देशको ठूलो पार्टी भएको कारण देश दुर्गतिमा परेको टिप्पणी गरेका छन् ।
उनले एमालेलाई जनताको भोट अभिषाप र अपच भएको टिप्पणी गरेका छन् ।
उनले एमालेको नेतृत्वले चाहेको कुरा अब नेपालमा केही पनि नहुने दाबी गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेले भनेको कुरा अब नेपालमा केही पनि लागु नहुने बताए । उनले सभामुख अग्निप्रसाद सापकोटाले के कारणले राजीनामा दिने ? भनेर प्रश्न गरे ।
एमालेले सक्ने भए सभामुखलाई उहिल्यै नै हटाईसक्ने थियो भन्ने उनको टिप्पणी छ ।
उनले सभामुखले राम्रो भूमिका खेलेको हुनाले देश प्रतिगमनबाट जोगिएको स्मरण गराए ।

