आइतबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउदा सत्तारुढ अर्को प्रमुख दल एकिकृत समाजवादीका अध्यक्ष भने छुटे । जसको कारणबारे धेरैले चाँसो व्क्त गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेको सहभागिता रहँदा अर्को दल अनुपस्थित हुनुको कारण खोजी गरिनु रहस्यमय छ ।
माधवले मोले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा ठूलै जोखिम
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिने मुख्य नेतामध्ये थिए माधवकुमार नेपाल । उनले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा ठूलै जोखिम मोले । जसका कारण एमाले नै फुट्यो ।
देउवालाई प्रधानमन्त्री बनाउनु माधव नेपालको वाध्यता पनि थियो । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउन चाहन्थे । जसका लागि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था पनि बन्यो ।
माधव नेपालसँग सल्लाह
महत्वपूर्ण निर्णयहरु गर्दा देउवाले माधव नेपालसँग सल्लाह गर्ने गरेका छन् । तर, आज प्रचण्ड र ओलीलाई एकसाथ बालुवाटार डाक्दा माधव नेपाललाई निम्तो गरेनन् । नेपाललाई शिर्ष बैठकमा सहभागी गराउन चाहेपनि देउवाका लागि वाध्यकारी अवस्था बन्यो ।
माधव नेपालको साथमा बैठकमा नबस्ने ओलीले स्पष्ट पारे । उनी नेपालको दल नेकपा एसलाई मान्यता दिन तयार छैनन् ।
प्रचण्डले पनि माधव नेपाललाई पनि बोलाउनुपर्ने कुरा देउवासँग राखेका थिए । तर, देउवाले ओलीका कारण बैठकमा बोलाउन नसक्ने भने । विश्वस्त स्रोतका अनुसार देउवाले माधव नेपालसँग बैठकबारे परामर्श भने टेलिफोनमार्फत गरेको बुझिएको छ ।

