पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई आफूहरुले पटाएको पत्रबारे बोली फेरेका छन् ।
एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि यसबारे प्रचण्डको निजी सचिवालयले स्पष्टीकरण दिएको हो । उनले राष्ट्रिय समस्या समाधानका लागि गरिएको कूटनीतिक पहल भन्दै त्यसको विरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।
‘देशमा एकातिर एमसीसी बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म विरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत
गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन,’ सचिवालयले भनेको छ, ‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन् ।’
एमसीसी परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा माओवादी दृढ रहेको पनि बताइएको छ ।
‘हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ । यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पूर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं ।’

