जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि खनिएका छन् । उनीप्रति लक्षित गर्दै भट्टराईले ‘भित्र खाओवाद बाहिर माओवाद’ भन्दै ‘दुईजिब्रे प्रवृत्ति’ले देश नबन्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा डा। भट्टराईले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई अनावश्यक रूपमा गिजोल्न नहुनेसमेत बताएका छन् । अति भए खती हुने उनको तर्क छ ।
भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन MCC ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!

