स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।
बालुवाटारमा जारी मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ ।
यसअघि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्न सुझाएका थिए ।
यस्तै, नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताएका हुन् ।
नेता रावलले कूटनीतिलाई कमजोर बनाएको र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना भएको बताए । देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको नेता रावलको भनाई छ ।
‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन छ । त्यसलाई हामी यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ रु यसमा छानबिन भएर कारबाही हुनुपर्छ’, उनले भने ।

