सांसदसमेत रहेका नेकपा एमालेका एक नेता मोहन बानियाँमाथि गम्भीर प्रकृतिको आरोप लागेको छ । सांसद मोहन बानियाँमाथि ब^लात्कारको आरोप लागेको हो । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले ब^लात्कारको आरोप लगाएकी हुन् ।
शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब^लात्कार गरेको आ^रोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बला^त्कार गरेको आरोप लागाइएको छ ।
शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् ।
आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जा^हेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जा^हेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बला^त्कारको जाहेरी परेको पुष्टि गर्दै भन्नुभयो–‘सांसद बानियाँविरुद्ध बला^त्कारको जाहे^री परेको छ । हामी बुझ्दैछौं, मंगलबार यस बारेमा अरु प्रक्रिया अघि बढ्छ ।’
सांसद बानियाँ र ती शिक्षिकाका बीचमा लेनदेनको विषय पनि रहेको बुझिएको छ । बानियाँले २५ लाखको चेक दिए पनि पछि खोसेर लगेको उनले बताएकी छन् । त्यो रात दुई पटक कण्डम लगाएर बला^त्कार गरेको उनको दावी छ ।
महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे छ । ‘दुई पटक ब^लात्कार, त्यो पनि क^ण्डम लगाएर’ भन्दा प्रहरी अधिकारी पनि आश्चर्यमा परेका छन् ।
महिलाले बताए अनुसार, आफू माओवादी केन्द्र समर्थित शिक्षक संगठनको नेतृ रहेको र काठमाडौंमा आफूले गरेको भाषणबाट बानियाँ प्रभावित भएपछि चिनजान भएको थियो । सांसद बानियाँलाई फोन सम्पर्क गर्दा ‘कल फरवार्ड’ गरिएकाले सम्पर्क हुन सकेन ।
प्रहरी अधिकृतसँग दिउँसो सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको बुझिएको छ ।

