पूर्व प्रधानमन्त्रीद्धयनेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न बुधबार बिहान उनको निवास खुमलटार पुगेको हुन् ।
दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् ।
एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।
अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।
यस्तै, एमसिसी खारेज गर्न माग गर्दै आज आधा दर्जन कम्युनिस्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गर्ने भएका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले बुधबार दिउँसो संघीय संसद् घेराउ गर्ने भएका हुन्।
जसमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ।
मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए।
अब आज बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम गर्ने उनीहरूले जनाएका छन्।
बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित संसद् भवन पु्ग्ने कार्यक्रम छ।
एमसीसीको विरोधमा जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),
ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एकजुट भएका हुन्।
यसैबीच आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि अचानक स्थगन गरिएको छ। अब बैठक फागुन २ गते बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

