यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ देखि २० सम्म हुने भएको हो।
गत वर्ष कोरोना महामारीका कारण जेठ १३ गतेदेखि २४ गतेसम्म भएको थियो। आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउ । रीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
स्थानीय चुनाव र एसईईको तालिकामा एकरुपता नहुनेगरी निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’

