आफूलाई दार्शनिक भन्न रुचाउने मुकुन्द घिमिरे ९मुकुन्दे०ले माओवादीले कतै एउटा वडाध्यक्ष पनि नजित्ने दावी गरेका छन् । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे ९मुकुन्दे०ले माओवादीले कतै एउटा वडाध्यक्ष पनि नजित्ने दावी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै घिमिरेले लेखेका छन् ‘जेठ ४ गते स्थानीय चुनाव हुने भो, माओवादीले कतै एउटा वडाध्यक्ष मात्रै पनि जित्ने होइन, त्यसैले माओवादीका जति प्रचण्ड सर्चण्ड सबैलाई म्यादी प्रहरीमा भर्ती गरिदिए हुन्छ।’
०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने रत्नपार्क छोडेर एक कोठामा बसी ट्विटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका छन् ।


