नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दल विदेशीले बनाइदिएको आरोप लगाएका छन् ।
नेकपा माओवादीमा प्रवेश गरेका नेताहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइए,” उनले भने, “ती विदेशीले बनाइदिएका पार्टी थिए । पछि पनि थाहा भयो नि ! उनीहरु अहिले पनि केपी ओलीसँग साँठगाँठ गर्न गएका छन् । मधेस फेरि पनि माओवादीमय हुनेछ ।”
उनले तराई मधेसका जनताको भाग्यको फैसला गर्ने पार्टी माओवादी नै नभएको उनको भनाई थियो ।
यस्तै, नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको छ । कांग्रेसको सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा। रामशरण महतलाई आग्रह गरेका थिए ।
महतले लामो व्याख्यासहित एमसीसी स्वीकार गर्नु नै बुद्धिमानी हुने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।
कांग्रेस बैठकपछि पूर्वमहामन्त्री डा। शशांक कोइरालाले एमसीसी अनुुमोदन गरेर जानतामा जाने निर्णय गरेको जानकारी दिए ।
“एमसीसी नेपालको लागि राम्रो हो । कुनै अमेरिकी सेना यहाँ आउने होइन, यहाँकै कानुनअनुसार कार्यान्वयन गर्ने हो,” निर्णय जानकारी गराउँदै डा। शशांकले भने, “यो पाँचसय मिलियन डलरको ग्रान्ट हो । अनुमोदन गरेर यसका विषयमा जनतामा छरिएका भ्रम चिर्नुपर्छ ।”
उनले एमसीसी विकासका लागि भएको भन्दै विद्युत ट्रान्समिसन लाइन र सडक निर्माण गर्ने भएको भन्दै जनदतामा त्यो बुझाएपछि एमसीसी विरुद्धको मत कमजोर भएर जाने बताए । एमसीसी पारित गर्दा सत्ता गठबन्धन टुट्छ नि भन्ने प्रश्नमा शशांकले त्यसबारे पार्टीमा छलफल नभएको बताए ।
डा। रामशरण महतको बिफ्रिङपछि देउवाले जनता र अन्य दललाई समेत कन्भिन्स गर्ने विषय आएको भन्दै छोटकरीमा लेखरे ल्याउन महतलाई आग्रह गरेका छन् ।

