सत्ता गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको साथ नेपाली कांग्रेसले छोड्न सक्ने देखिएको छ । केन्द्रीय सदस्य शशांक कोइरालाले सानेपास्थित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोलेको कुराले तरंग ल्याएको छ ।
प्रचण्ड र माधव नेपालको मुटु हल्लिनेगरी शशांकले कांग्रेसले आसन्न निर्वाचन एक्लै लड्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । कोइरालाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने उनको भनाइ छ पूर्वमहामन्त्री कोइरालाले पार्टीले आफ्नो अस्तित्वका लागि पनि गठबन्धन गर्न नहुने धारणा राखे ।
‘अब हामीले आफ्नो अस्तित्व जोगाउनुपर्छ, कोही अर्को पार्टीसँग नमिली ९निर्वाचनमा० जानुपर्छ’ कोइरालाले आफूले बैठकमा राखेको धारणाबारे भने । कांग्रेसभित्र प्रचण्ड र माधवसँग चुनावमा गठबन्धन गर्न नहुने र सिंगल सिंगल लडेर कम्युनिस्टहरुलाई धुलो चटाउनुपर्ने जनमत बढ्दै गएको छ ।

