सशस्त्र मुख्यालय हल्चोकबाट एक इन्स्पेक्टरको अनौठो हर्कत बाहिरिएको छ । गर्नै नहुने काम गरेपछि आलोचित भरहेका उनी झन् आलोचनाको सिकार भएका छद्धन् ।
अस्ति आइतबार एकाबिहानै सशस्त्र मुख्यालयभित्रै होहल्ला भयो, ‘आक्रमण–आक्रमण’ भन्दै ! अहिले देशमा राज्य\विरुद्ध उत्रिएको कुनै सशस्त्र वा आ,तंककारी समूह छैन । तर, सशस्त्र मुख्यालयभित्र बिहान ४ बजे नै एकजना इन्स्पेक्टर चिच्याउन थालेपछि स्थिति तनावग्रस्त हुने नै भयो ।
यसरी माघको ठण्डीमा हल्चोक गर्माउने गरी, गञ्जी र कट्टुमात्रै लाएर होहल्ला गर्ने इन्स्पेक्टर थिए, मनिष थापा । तर, त्यहाँ कुनै सशस्त्र वा आतंककारी समूहको आक्रमण हुँदै थिएन । हाकिमदेखि सिपाहीसम्म ज¥याकजुरुक्क उठेर हेर्न थाले । र, कुरा बुझ्दा थाहा भयो कि यो त लागु,औषधको दोष हो ।
हल्चोकस्थित सशस्त्र मुख्यालय हाताभित्रै रहेको बंगलामुखी विशेष कार्यदलको घटना हो यो । ललितपुरका बासिन्दा इन्स्पेक्टर थापा राम्रो खान्दानका एक्ला छोरा हुन् । अरु सबै कुरामा क्षमता भएको, तर लागु,औषधको दु/व्र्यसनी हुनाले पाँच वर्षे जागिरका दौरान हुनुपर्ने जति कारवाही भोगिसकेका अफिसर १
आइतबार बिहानै गेटमा पुगेर सेन्ट्रीको सञ्चार सेट खोस्ने, सब तयार होऊ, आक्रमण भयो, सिद्धिसक्यो, गाडी र सुबेदार मेजरलाई बोलाऊ भन्दै चिच्याउने हर्कत देखाएपछि त्यहाँको टोलीले उनलाई भाग्दाभाग्दैको अवस्थामा समातेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पु¥यायो ।
त्यहाँबाट शिक्षण अस्पताल महाराजगञ्जका लागि रिफर गरियो । त्यहाँ उनका बुबालाई बोलाएर एकजना हाकिमले भने, ‘यसलाई अब जागिरमा राख्न सक्दैनौँ !’ बुबाले ‘जागिर त केही थिएन, ज्यानचाहिँ जोगाए हुन्थ्यो’ भन्दै छोरा कुलतमा लागेको स्वीकारे । चितवन दरबन्दी भई कार्यदलमा हाजिर भएको पाँच–सात महिना भयो ।
नसिहत, स्पष्टिकरण र सचेत नगराइएको कुनै महिना रहेन । उनका हर्कतबारे छानवीन गर्न त्यहीँका डिएसपी सुमनजंग थापाको अध्यक्षतामा समिति बनाइएको बताइएको छ ।

