ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका रिजालले यस्तो भविष्यवाणी गरेका हुन् ।
महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ ।
‘प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण भएको छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गो भनेर माघ १८ गते नै जानकारी गराइसकेको थिएँ ।
महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्तापक्षलाई नै यसको गम्भीर असर पर्नसक्ने योगले देखाएको छ ।
जबरालाई महाअभियोग दर्ता गरेको समय नै कालसर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले फेसबूकमा लेखेका छन् ।
रिजाल देउवालाई ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भन्ने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।
हालै स्थानीय तहको निर्वाचन घोषणा गर्नुअघि पनि देउवाले रिजालसँग सल्लाह लिएर मिति तय गरेको खुलासा भइसकेको छ ।

