अछाम घर भएर हाल विदेशमा रहेका जगत ओलीले एक अडियो सार्वजनिक गर्दा पर्यटन मन्त्री प्रेम आलेको पद धरापमा पर्ने भएको छ । घटनामा ओलीको दोष देखिए पनि आलेको शब्दका कारण उनी पदमा बस्न नसक्ने आँकलन हुन थालेको छ ।
‘ईफ यु नट सेन्ड मी मनि इन माइ एसी आई विल टेक एक्सन यु’ टुटे फुटेको अङ्ग्रेजीमा धम्कीपूर्ण भाषासहित ५० लाख मागेर २० लाखसम्म झर्दा पनि सुको नपाएपछि भारतबाट एक जना ब्ल्याकमेलरले अन्तिममा लेखे(एक बर्ष कुर्दा पनि पैसो आएन,अब म त्यो अडियो अपलोड गर्छु,अलविदा ।
ती ब्ल्याकमेलरले आफ्नो पहिचान खुलाउँदै ५० लाख रकम माग गर्नुपर्नाको कारण पनि खुलाएका छन्,‘इफ यु अक्सेप्ट माई डिमान्ड वी डिलिट योर भ्वाइस विदिन ट्वेन्टीफोर आवर्स,सेन्ड फिप्टी लाख । आई एम जगत ओली’
जोसँग रकम मागिएको हो उनैले कुनै प्रतिक्रिया नजनाएपछि ओलीले बार्गेनिङ रकम घटाउँदै फेरि लेखे, ‘सेन्ड मी ट्वेन्टी लाख सुन,यु आर सो सेल्फिस एण्ड रिप्लाइ मी’ ।
तर यो धम्कीको पनि कुनै सुनुवाइ भएन र ओलीले अन्त्यमा लेखे, ‘मैले पहिले नै एक वर्ष कुरेँ र आज समाचार लोड भयो । अलविदा’ यो संवादले मुम्बई बस्छु भन्ने ओली व्ल्याकमेलर हुन् भन्ने अनुमान लगाउन सकिन्छ ।
उनले यो व्ल्याकमेलिङको प्रयास कुनै व्यापारी,ठेकेदारसँग गरेका भने होइनन्,यो मुलुकको जिम्मेवार पदमा रहेका बहालवाला पर्यटन मन्त्री प्रेम आलेलाई गरेका हुन् ।
यस्तो छ संवादको सम्पादित अंश–
प्रेम आले – कहाँ हुनुहुन्छ तपाईं ?
जगत – म इन्डियातिर छु ।
प्रेम आले – तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेख्या हो त्यस्तो यार १
जगत – हैन हजुर, हामीले पनि यस्तो आस गरेको थिएन के गर्नु ।
प्रेम आले – कस्तो आस रु
जगत – तपाईंबाट यस्तो हुन्छ भन्ने आस लाग्या थिएन ।
प्रेम आले -गाली गर्दै० ‘तलाईं त्यहीँबाट उठाउँछु, कुन ठाउँमा छस् भन त ?
जगत -आऊ न त आऊ यता आऊ, मुम्बई छु म ।
प्रेम आले – ९फेरि गाली गर्दै० ठाउँ भन त, मुम्बई काँ’हो रु ९फेरि गाली० तलाई त्यही बाट उठाएर ल्याउछु ।
जगत – आइजा न आइजा तँ बेसरम १ तस्कर १
प्रेम आले -मुम्बई कुन ठाउँ हो भन त कुकुर १
जगत – लाज छैन । मन्त्रीको लागि बेचिखाने ।
प्रेम आले -तपाईं त्यहाँ आएर साला ।।।तेरो खुट्टा काटेर प्याक गरेर हाल्दिन्छु ।
जगत – के गर्छस् त भन न रु तस्कर १ नौ महिना जेल बसेर आएको होइन । मलाई सिकाउँछस् १
प्रेम आले – ९गाली गर्दै० त्याँ ट्वाइलेट सफा गर्छस्, मलाई सिकाउँछस् !
जगत – तँजस्तो होइन म चर्पी सफा गरेर खाने । आइजो न हेर्न म के काम गर्छु । ९गाली गर्दै० तँ आइजो न एकै लात्ती हानेपछि गिर्नेजस्तो छस् ।
प्रेम आले -तेरो ठेगाना पठा’त ?
जगत – अंधेरी छु । तेरो को मान्छेलाई पठाउने हो पठा’के रु नम्बर म्यासेन्जरमा दिएको छु कल गर भन तेरो मान्छेलाई । त कति भाइरल हुन्छस् हेर्दै जा ।
यसरी आले र जगतबीचको संवाद सकिएको छ । अडियोमा दुवैजना चरम गालीगलौजमा उत्रिएका छन् ।
आखिर यो अडियोको वास्तविकता के हो त ? आखिर मन्त्रीको पदमा रहेका आले किन गालीगलौजमा उत्रिए ? मन्त्री आलेसँग यसबारे संक्षिप्त कुरा-
तपाईंको अडियो सार्वजनिक भएको छ, त्यसमा थर्काएको तपाईंले नै हो ?
मेरो त्यो मान्छेसँग कुनै संवाद भएको छैन । विगतदेखि नै त्यो मान्छेले मेरोविरुद्ध लेख्दै आएको थियो । म वनमन्त्री हुने बेला धेरैपटक उसले मलाई टर्चर गर्यो । फोन गर्ने, सताउने । रक्सी खाने ‘साइको’ जस्तो । धेरै गाली पनि गर्यो, त्यो पनि सहेँ । अनि मैले यस्तो गाली नगर बाबु भनेर सम्झाएँ । एडिगजस्तो रै’छ ।
त्यसपछि उसले पैसा माग्यो । अनि मैले केको पैसा भनेँ । २० हजार, ५० हजार माग्यो । अनि अडियो सार्वजनिक गर्दिन्छु भन्यो । त्यो त मेरो स्वरै होइन नि ।
त्यो अडियो तपाईंको होइन ?
होइन ।
त्यो मान्छेसँग कुराकानीचाहिँ भएको थियो ?
अँ, एकचोटि भएको थियो । पैसा पनि माग्यो । म त आफ छक्क परेको छु । सेयर पनि गरेको देखेँ । म आफ्नो ‘स्टेटमेन्ट’ दिन्छु । मैले देशको लागि राम्रो काम गरिरहेको बेलामा मलाई बदनाम गर्ने मनसायले यो काम गरिएको हो । म वनमन्त्री हुने बेला उसले मलाई फोन गरेको थियो, भारतबाट । त्यति बेला मुम्बई, अंधेरी भनेको हो । खै कसरी जोड्यो त्यो पछाडिको ।
ऊसँग एकपटक मात्रै कुरा भएको हो ?
तीन/चारपटक कुराकानी भएको हो, पहिल्यै । त्यसपछि मेरो कुनै कुरै भएको छैन । म त आफैँ छक्क परेको छु ।
मन्त्री हुनुअघिकै कुरा हो यो ?
होइन । वनमन्त्री हुँदा कुरा भएको थियो दुईरतीनपटक । उसले मलाई गाली पनि गर्थ्यो । मैले गाली नगर्न भाइ भन्थेँ ।
तपाईंले गाली गरेको पनि सुनिएको छ नि?
म काँ’ त्यस्तो गाली गर्छु र ? अचम्म परेको छु । फेरि, इन्डियाबाट उसले म्यासेन्जरमा कल गर्थो । अनि मैले दुई/तीनपटक ब्लक पनि गरेँ । सर, खोल्दिनु न कुरा गर्नुछ भन्यो । एक वर्ष तनाव दियो । म वनमन्त्री हुँदाखेरिकै हो यो ।
तपाईंको चिनजानको व्यक्ति हुन् अडियोमा बोल्ने ?
अछामको मान्छे हो । फेस टु फेस अहिलेसम्म भेट भएको छैन । फोनमा मात्रै कुराकानी भएको हो । म्यासेन्जरमा फोन गरिराख्थ्यो । कैले त राति ११ बजे पनि । तनाव दिइराख्ने, कहिले रक्सी खाएर फोन गर्ने । मैले दुईरतीनचोटि डाटेँको पनि छु त्यसलाई । यो कसरी आयो म त दंग परेको छु । उसले पैसा पनि मागेको छ, त्यो पनि म तपाईंलाई पठाइदिन्छु ।
पहिले को कुँवर भन्ने बोलेको थियो, पछि उसले मेरो साथी कुरा गर्ने भनेर त्यो जगतलाई दियो । फेरि त्यहाँबाट फोन गरेर गाली गरेको थियो । त्यसपछि म पनि रिसाइदिएँ । साला १ फटाह को होस् तँ गाली गर्ने १ भन्ने हिसाबमा भनेको । यो काँ’बाट आयो अचम्म परेँ म त ।

