आईपीओ निष्काशनको क्रम जारी रहेका बेला लगानीकर्ताका लागि अर्को खुसीको खबर छ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले भोली फागुन २ गते सोमबारदेखि आईपीओ जारी गरेको छ ।
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले यो आईपीओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका(१ ९साविक रगनी गा।वि।स।०, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका(२ ९साविक रगनी गा।वि।स।०, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका(३ ९साविक खिजीचण्डेश्वरी गा।बि।स।० का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
त्यसैगरी ओखलढुङ्गा, लिखु गाउँपालिका(९ ९साविक पोकली गा।वि।स।०, ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका(१ ९साविक दरागाउँ गा।वि।स।०, रामेछाप, लिख तामाकोशी गाउँपालिका(२ ९साविक सपु गा।वि।स।०, रामेछाप र उमाकुण्ड गाउँपालिका(७ ९साबिक भुजि गा।वि।स।० रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट
बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

