इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन ४ गते, बुधबार) सम्पन्न भएकाे छ ।
उक्त आईपीओकाे बाँडफाँड कार्निभल रेष्ट्राे, अनामनगर, काठमाडाैँमा सम्पन्न भएकाे हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
इमर्जिङ नेपाल लिमिटेडकाे आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए ।
गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । थप ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।
जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेभसाइट ( nicasiacapital.com ), इमर्जिङ नेपाल लिमिटेडकाे वेभसाइट ( emergingnep.com ) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
छिटाे कहाँबाट हेर्ने ?
तर सबैभन्दा छिटाे भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे ( iporesult.cdsc.com.np ) वेभसाइटबाट र एनआईसी एशिया क्यापिटल लिमिटेडकाे वेभसाइट ( nicasiacapital.com/ipo-result ) बाट हेर्न सकिनेछ । अबकाे केहीबेरमै नतिजा देखाउने छ ।

