पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे बोली फेरिएको छ । उनले यथास्थितिमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।
हिजो बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् तर यसअगाडि उनले यसवारे बेग्लै धारणा राखेको भिडियो भेटिएको छ ।
महामन्त्री थापाले एक समय एमसीसीको विरोध गर्दै राष्ट्रवादको पक्षपोषण गरेका थिए । तर,उनी आफ्नो पार्टीको सरकार बनेसँगै अमेरिकी परियोजनाबारे सकारात्मक सन्देश फैलाउन लागि परेका छन् ।
महामन्त्री थापा कुनै समय संसदबाट एमसीसी जस्ताको तस्तै पारित गर्नु हुँदैन भन्दै विरोध गर्ने नेता हुन् । अहिले आएर उनको बोली फेरिएको पाइएको छ ।
केही समय पहिला सञ्चारकर्मीले एमसीसी संसदबाट पास हुनु पर्छ कि पर्दैन रु भनेर सोध्दा थापाले यसका स्वरुप र कतिपय प्रवन्धहरु बदलिनु पर्ने प्रतिक्रिया दिएका थिए । तर हिजो भने उनको मुखबाट फरक जवाफ आएको छ ।
उनले भने,”एमसीसी संशोधन नगरी संसदमा टेबुल हुनुपर्छ,यसमा हाम्रो पार्टी सहमत छ र अन्य दलको पनि साथ हुनेछ ।’ महामन्त्री थापा एक प्रतिनिधि पात्र मात्रै हुन् ।
उनीजस्ता धेरै नेताले फरक फरक धारणा दिएकै कारण राष्ट्रघाती भएको आरोप खेप्दै आएका छन् ।
सो परियोजना संशोधन गरेर मात्र अगाडि बढाउनु पर्ने अडान लिएका केही नेताहरुको एकाएक बोली फेरिएको छ । यस्तै आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति नेपाली राजनीतिक पार्टीका नेताहरुमा हाबी छ ।

