पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई हिजो साँझ सुटुक्क भारतीय दूतावास छिरेर फर्किएको खुलेको छ ।
सरकारले एमसीसी टेबल गर्ने तयारीका साथ प्रतिनिधिसभाको बैठक बोलाएको चर्चा भैरहेका बेला एमसीसी पक्षधर भट्टराई हिजो साँझ लैनचौरस्थित भारतीय दूतावास गएका हुन् ।
भट्टराईले झण्डै दुई घण्टा राजदूत विनयमोहन क्वात्रासँग छलफल गरेको स्रोतले जनाउको छ ।
एमसीसी विवादले राष्ट्रिय राजनीतिमा ध्रुविकरण बढेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराई कूटनीतिक मर्यादाविपरित राजदूत भेट्न जानुलाई कतिपयले जसपाभित्रको आन्तरिक विवादसंग जोडेर हेरेका छन् ।
एमसीसीकै कारण जसपामा विवाद बढेको र त्यसमा डा। भट्टराईका अभिव्यक्तिले मलजल गरेको जसपाका एक नेताले बताए।
भट्टराई एमसीसीको पक्षमा ज्यान फालेर लागे पनि अध्यक्ष उपेन्द्र यादव,वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठले भने अहिलेसम्म धारणा सार्वजनिक गरेका छैनन् ।
बताइएअनुसार अध्यक्ष यादव बिना संशोधन एमसीसी पास गर्न नहुने पक्षमा छन्। त्यसैकारण यादवमाथि घेराबन्दी भैरहेको ती नेताले दाबी गरे ।
जसपाका बहुसंख्यक नेता हुबहु एमसीसी पास गर्ने पक्षमा नदेखेपछि भट्टराई आवश्यक परे पार्टी विभाजनसम्मको सोचमा पुगिसकेको स्रोतको दाबी छ ।
त्यसैका लागि भट्टराईले पत्नी हिसिला यमीमार्फत नयाँ दल दर्ताको तयारी थालिसकेको नेताहरुले आशंका गरेका छन् ।

