नेकपा एमालेका नेता भीम रावलले पार्टी एमसीसीका पक्षमा उभियो भने सांसदहरुलाई विद्रोहका निम्ति आह्वान गर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने, “देशभन्दा ठूलो एमसीसी हुन सक्दैन । नेकपा एमाले एमसीसीको पक्षमा उभिएला भन्ने लाग्दैन ।
तर उभिएको स्थितिमा म त्यसविरुद्ध हुन्छु । सांसद साथीहरुलाई पनि एमसीसी विरुद्धमा उत्रिन म आह्वान गर्छु ।”
पार्टीभित्रैबाट उभिनुहुन्छ कि बाहिर जानुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “यो पार्टी छाड्ने र रहने विषय नै होइन । यो कुरा नेकपा एमालेको नीति, कार्यक्रम र बहुदलीय जनवादसम्मत छ ।
एमसीसी कुनै पनि देशभक्त नेपालीले स्वीकार्न सक्दैन । नेकपा एमाले विगतमा असमान सन्धि, समझौताविरुद्ध झन्डा उठाएको पार्टी हो ।” नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवा विदेशीको भक्ति गरेर आफ्नो कुर्सी जोगाउन खोजिरहेको आरोप लगाए ।
उनले थपे, “हामीले एमसीसीको बारेमा दफादफामा अब्जेक्सन गरेका छौं । तर प्रधानमन्त्रीले एउटा दफाको पनि खण्डन गर्नुभएको छैन । राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर ५० करोड डलरका निम्ति स्वाधीनता बेच्ने रु के विदेशी सहायता नलिएको बेला नेपाल भन्ने देश थिएन रु कसैले पैसा दियो भने हामी आमालाई बेच्न सक्छौं र रु”

