स्थानिय तहको निर्वाचन आगामी बैशाखको ३० गते घोषणा भएकै बेला नेपाली कांग्रेसका नेता मनोजकुमार मेहता नेकपा एमालेमा प्रवेश गरेका छन् । मेहता शुक्रबार कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
मेहतालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । ओलीको निवास बालकोटमा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितिमा मेहता पार्टी प्रवेश गरेका हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका सुनसरीका चर्चित नेता मेहता विजय गच्छेदारसँगै फोरम लोकतान्त्रिकमा पनि काम गरेका थिए ।
पछिल्लो समय गच्छेदारसँगै कांग्रेस फर्केका मेहता अव एमालेले मात्रै मुलुकको समृद्धि गर्न सक्ने तथ्य प्रमाणित भएको भन्द एमाले प्रवेश गरेका हुन् ।
गठबन्धनको बैठक बस्दै , एमसीसी बारे आजै टुंगो लगाउने
सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्न लागेको छ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन अहिले विहान १० बजे बैठक बस्न लागेको हो।
आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चाहाना छ ।
प्रधानमन्त्री देउवाले बिहीबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगसमेत छलफल गरेका छन् ।
छलफलमा संसद्को गतिरोध अन्त्य गरी एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन ओलीसंगआग्रह गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने दलहरुबीच सहमति भएपछि मात्र टेबल गर्नुपर्ने अडान लिदै आएका छन् ।
यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको थियो। बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार प्रतिनिधिसभामा एमसीसी टेबुल हुन सकेको थिएन्।

