नायक cसँगको सम्बन्धन्धको हल्लापछि तनावमा परेका छन् । पलले समीक्षासँग मात्रै नभई अन्य युवतीहरुसँग पनि सम्बन्ध भएको कुरा पर्दाफास जरुरी भएको छ ।
तपाईंलाई विश्वास गर्न कठिन होला, ‘रियल हिरो’ एकैसाथ कम्तिमा चारजना युवतीहरुसँग अफेयरमा थिए । यो पछिल्लो दुई वर्षभित्रको कुरा हो ।
त्यसो त जुन फिल्म वा म्युजिक भिडियोमा काम गर्यो, त्यसकै महिला कलाकारसँग पलको नाम जोडिने गरेको छ । उनको बारेमा निकटस्थहरु भन्ने गर्छन्, नयाँ–नयाँ युवतीहरुसँग हिमचिम बढाउने र सम्वन्ध राख्ने लतमा परेका छन् उनी । विगतमा नायक भुवन केसी यस्तो मामलामा विवादित थिए । तर, पलले भुवनलाई धेरै पछाडि छोडिसकेको बताउने गरिन्छ ।
कुनै बेला टेलिभिजनमा भिडियो एडिटरका रुपमा काम गर्ने पूर्णविक्रम शाह उर्फ पल शाह म्युजिक भिडियो हुँदै फिल्ममा आएका हुन् । भिडियोमा अत्यधिक सफलता पाएपश्चात ‘नाई नभन्नु ल’ सिरिजबाट उनले चलचित्रमा डेब्यू गरे ।
दोस्रो चलचित्र ‘सत्रु गते’ मा काम गर्दैगर्दा सो चलचित्रकी नायिका आँचल शर्मासँग पलको नाम जोडियो । उनीहरुको अफेयरको चर्चा मिडियामा छ्याप्छ्याप्ती बनेको थियो । यद्यपि, उनीहरुले आफूहरु सम्बन्धमा रहेको सार्वजनिकरुपमा स्वीकार गरेनन् । पछि आँचलले अर्कै युवकसँग विवाह गरी घरजम गरिसकेकी छन् ।
आँचलसँग अलग भएसँगै पलको सम्बन्ध जोडियो पेमा गुरुङसँग । उनी पहिले फ्यानको हिसाबले पलसँग नजिकिएकी थिइन् । फ्यान र स्टारको सम्बन्ध चाँडै ‘अफेयर’ मा बदलियो । दुई वर्षअघि नै पेमाले पललाई आफ्नो परिवारसँग भेटाएर विवाहको निधो गराएकी थिइन् ।
पलले पेमाको परिवारसँग आफूहरुबीचको प्रेम स्वीकार्दै विवाह गर्ने वाचा गरे । त्यो वाचामा पेमा अहिले पनि ढुक्क छिन् । योबीचमा उनी अध्ययनका लागि केही समय विदेश बसिन् । अहिले नेपाल फर्किएकी छन् । पल र पेमाबीच अफेयर जारी छ ।
पेमासँग सम्बन्धमा हुँदाहुँदै पल समिक्षासँग नजिकिए । समिक्षा पनि पहिल्यैबाट पलकी फ्यान थिइन् । करिब १० महिना अगाडि ‘सुर्ति माड्दै’ बोलको गीतको सुटिङका क्रममा उनीहरुबीच मित्रता भएको थियो । मित्रतालाई प्रेममा परिणत हुन समय लागेन । समिक्षा पलसँग छुट्नै नसक्ने गरी गहिरो प्रेममा डुबिन् ।
यता, समिक्षासँगै पलले म्युजिक भिडियोकी एक मोडलसँग पनि हिमचिम बढाइरहेका थिए । यो थाहा पाएपछि समिक्षा र ती मोडलको झगडा परेको थियो । भिडियो सुटिङका लागि एउटा होटलमा सँगै बस्दा यो घटना भएको हो । आक्रोशमा आएर समिक्षाले आफ्नो हातसमेत काटेको र पछि त्यो घाउ छोप्न ट्याटु बनाएको अपुष्ट कुरा सुनिएको छ । समिक्षाको स्क्यान्डल बाहिरिएसँगै ती किशोरी मोडल पलसँग टाढा भइन् ।
केही समयको निकटता पछि पल पनि समिक्षासँग टाढिने प्रयासमा लागे । फोन र म्यासेजको रेस्पोन्स नगर्ने र भेट्न पनि इन्कार गर्न थालेपछि समिक्षा निकै छट्पटाइन् । केही नलागेपछि पलविरुद्ध प्रहरीमा सप्रमाण उजुरी गर्ने र आफूसँग भएको फोटोरभिडियो सार्वजनिक गरिदिने चेतावनी उनले दिइन् । त्यसपछि पलले समिक्षासँग दुई वर्षपछि बिहे गर्ने गरी परिवारको रोहबरमा सम्झौता गरेका थिए ।
समिक्षासँग पलको सम्बन्ध सामाजिक र कानूनीरुपमा समेत यसकारण गलत थियो कि समिक्षा उमेरले नाबालिग ९हाल १७ वर्ष० नै छिन् । यदि समिक्षाले प्रमाणसहित प्रहरीमा उजुरी गरेको खण्डमा पललाई जेल जानबाट कसैले रोक्न सक्दैन । त्यसैले उनी समिक्षासँग प्रेम नभए पनि बिहेको सम्झौता गर्न वाध्य भएका थिए ।
पलले समिक्षासँग दुई वर्षपछि विवाह गर्ने सहमतिको समाचार प्रकाशित भएपछि पलले खण्डन गरेका थिए भने समिक्षालाई पनि फकाएर खण्डन हाल्न लगाएका थिए । फेसबुकमा स्टाटस राख्दै दुवैले आफूहरुबीच प्रेम सम्बन्ध नरहेको दावी गरेका थिए ।
तर, त्यसबेला लेखेको स्टाटस समिक्षाका घाँडो भयो । फलतः गत माघ ६ गते उनले पहिलेको स्टाटसमा लेखेका कुराहरु वास्तविकताभन्दा टाढा रहेको भन्दै अर्को स्टाटस लेखिन् । त्यसमा उनले चाँडै यथार्थ सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । समिक्षाले पललाई रियल हिरोको उपाधि भिराउने उनै भाइरल पत्रकार प्रकाश सुबेदीलाई अन्तरवार्ता दिएर आफ्ना केही कथाव्यथा सुनाएकी छन्, जुन आज प्रशारण हुँदैछ ।
यथार्थ यही नै हो कि पल र समिक्षा अन्तरंग सम्बन्धमा थिए । तर, उनीहरु दुवैका लागि यो सम्बन्धका आयामहरु फरक भइदिए । समिक्षा पललाई दिलोज्यानले चाहन्थिन् र चाहन्छिन् । तर, पलको लागि यो फगत ‘टाइम पास’ थियो । क्षणिक मनोरञ्जनका लागि मात्र उनी समिक्षासँग नजिक भएका थिए ।
सुरुमा समिक्षालाई पलले पेमासँग पनि विवाहको वाचा गरेका छन् भन्ने मालुम थिएन । यसर्थ उनले पललाई सहजै विश्वास गरेकी थिइन् । पल–पेमाको सम्बन्ध थाहा पाएपश्चात उनी विक्षिप्त बनिन् । डिप्रेसनकै अवस्थामा पुगेकी समिक्षाले केही समय गीत रेकर्डिङसमेत गर्न सकिनन् ।
पछि समिक्षाले पेमालाई समेत सम्पर्क गरेर पल र आफ्नो सम्बन्धबारे सुनाइन् । फेसबुक म्यासेञ्जरमा भएको कुराकानीमा समिक्षाको कुरा पेमाले अपत्यार गरेको वा अपत्यारको अभिनय गरेको देखिन्छ । पेमाले पल र समिक्षा दुवैलाई सँगै राखेर आफूले कुरा गर्ने आश्वासन दिएकी छन् । यद्यपि, पलले दुवैसँग एकैसाथ कुराकानी गर्न अस्वीकार गरे ।
यता, समिक्षा र पेमासँगै पल म्युजिक भिडियोकी मोडल कविता रायसँग पनि अफेयरमा थिए । कविता र पलको अफेयर पनि करिब एक वर्षअघि सुरु भएको हो । उनीहरुले केही म्युजिक भिडियोमा सँगै काम गरेका छन् ।
कवितालाई पनि पेमा र पलको सम्बन्धबारे सुरुमा थाहा थिएन । समिक्षाले जस्तै उनले पनि पललाई चरम विश्वास गरेकी थिइन् । पलसँग विवाहको सपना बुन्दै थिइन् उनी पनि ।
कविताले ६ महिनाअगाडि किनेको कार प्रायस् पलले नै चलाउने गर्थे । कविताले पललाई कार उपहार दिएको चर्चासमेत चलेको थियो । तर, पल र पेमाको सम्बन्ध थाहा पाएपछि एक महिनादेखि कविता पलसँग टाढिएकी छिन् । पलकै अनुनयमा उनले पेमालाई भेटेर आफूहरुबीच कुनैखाले सम्बन्ध नरहेको भनि स्पष्टीकरण दिन तयार भइन् । कविताले यति गरेपछि पलले केही दिनअघि कविताको गाडी फिर्ता गरिदिएका छन् ।
सार्वजनिक रुपमा पलले कहिले पनि कसैसँग आफ्नो सम्बन्ध रहेको स्वीकारेका छैनन् ।
पलले फेरि पनि समिक्षालाई पन्छाउन खोजिरहेपछि समिक्षा विक्षिप्त बनेकी छन् । करिब एक महिनाअगाडि उनले प्रहरीमा उजुरीको तयारी गरिन् । यसका लागि पोखरा पुगेर एक वकिललाई उजुरी समेत लेखाइसकेकी थिइन् ।
आफूसँग भएका प्रमाणसहित उनले उजुरी गर्न आँटेको सुईंको पाएपछि पल केही कलाकार र पत्रकारलाई लिएर पोखरा पुगे । त्यहाँ भएको कुराकानीमा पनि फेरि पहिलेकै जस्तो सहमति भयो । तर, निकटस्थहरुको भनाइमा पलले समिक्षासँग विवाह गर्ने सम्भावना एक प्रतिशत पनि छैन ।
प्रेम वास्तवमै अजिव चिज हो । पलको सबै वास्तविकता थाहा पाइसक्दा पनि समिक्षाको आँखा उघ्रेको छैन । अहिले पनि उनी पललाई पाउन सके संसारै जित्थेँ जसरी मरिहत्ते गरिरहेकी छन् । कलिलो उमेरमै लोभलाग्दो उडान भरिरहेको समिक्षाको करिअरलाई अपरिपक्व प्रेमले गञ्जागोल पार्ने त होइन भन्ने चिन्ता पैदा भएको छ ।
निकटस्थहरु पल शाहलाई परोपकारी भावना भएका र असाध्यै मिहिनेति कलाकारको रुपमा चित्रित गर्छन् । उनले चलचित्र र म्युजिक भिडियोबाट राम्रै नाम र दाम कमाइरहेका छन् ।
तर, अति भएपछि खति हुन्छ भनिन्छ । आफ्नो स्टारडम र क्रेजको दुरुपयोग गरेर अरुका छोरीचेली बिगार्दै हिँड्दा पल आगामी दिनमा गम्भीर समस्यामा फस्न सक्ने र करिअरको जहाज डुब्न सक्ने चिन्ता उनका हितचिन्तकहरुको छ । नेपाल प्रेसबाट ।

