नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने भएको छ । शनिवार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको हो ।
बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको बारे समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आइतबार दिउँसो १ बजे संसद बैठक बस्दैछ ।
बैठकमा एमसीसी यथास्थितीमा पारित गर्न नसकिने तर छलफलका लागि मात्र टेबुल गर्न दिने निर्णय गरेको उनले बताए । एमसीसी पास गराउनको लागि गठबन्धन दलहरुलाई मनाउन लागिरहेका बेला एकीकृत समाजवादीको यो निर्णयले प्रधामन्त्री शेरबहादुर देउवालाई केही राहत मिलेको छ ।
एमसीसीका कारण गठबन्धनमा खटबट बढ्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइन्छ ।
यो पनि ,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई इंगित गर्दै धुरीमा गिद्ध बसेको बताएका छन् । शनिवार सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै ओलीले धुरीमा एउटै गिद्ध बसेमा अशुभ हुने बताए ।
उनले भने – ‘धुरीमा एउटै गिद्ध बस्यो भने त अशुभ मानिन्छ । अहिले पाँच(पाँच वटा गिद्ध बसेका छन्’
उनले अहिलेको सरकारले काम गर्न नसकेर बिगार्ने काम मात्र गरेको बताए । आफू नेतृत्वको सरकारलाई जालझेल गरेर बाहिर निकाले पनि फेरि एमाले नै सरकारमा जाने उनले बताए ।
आज प्रजातन्त्र दिवस भएको भन्दै उनले अब गतिलो सरकार बन्न बताए । गठबन्धलाई इंगित गर्दै उनले अहिले पाँच जना कोठामा भेला भएर ङ्यारङ्यार ङुरङर गरिरहेको बताए ।

