आज संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन हुने सम्भावना बढेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा अहिले २७१ सांसद छन्। नेकपा ९एमाले० का ९७, नेपाली कांग्रेसका ६३, नेकपा ९माओवादी केन्द्र० का ४९, नेकपा ९एकीकृत समाजवादी०का २४, जनता समाजवादी पार्टीका २१, लोकतान्त्रिक समाजवादी पार्टीका १३ सांसद छन्। त्यस्तै, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाका १र१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छक्कबहादुर लामा छन्।
माओवादीबाट निर्वाचित भएर एमालेमा लागेका ४ सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र र गौरीशंकर चौधरीको स्थानमा पद रिक्त छ।
प्रतिनिधिसभाबाट एमसिसी पारित हुन उपस्थितको बहुमत आवश्यक हुन्छ। सत्तापक्षको सांसदको उपस्थिति प्रतिपक्षीको भन्दा धेरै भएको अवस्थामा ध्वनि मत अर्थात् हुन्छ वा हुन्नबाट एमसिसी पारित हुन्छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गरेको तथा एमालेको नाराबाजी चालु रहेको अवस्थामा सभामुखले निर्णयार्थ पेश गरेर ध्वनि मतबाट पारित भएको घोषणा गर्न सक्छन्।
एमाले सांसदहरू नाराबाजी छाडेर आफ्नो सिटमा गएर विपक्षमा मतदान गर्ने अवस्था आएको खण्डमा मात्र सत्तापक्षले एमसिसी ध्वनि मतबाट पास गर्न एमालेको भन्दा धेरै सांसद उपस्थित गराउनुपर्छ।
कांग्रेसले जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साथ लिएको अवस्थामा एमालेको भन्दा धेरै सांसद एमसिसीको पक्षमा देखिन सक्छन्।
एमालेले विपक्षमा मतदान गर्ने अवस्थामा ध्वनि मतबाट निर्णय गर्न सभामुखले सांसदहरूलाई एकरएक गरेर उभ्याएरै ‘हुन्छ’ र ‘हुन्न’ भनेर सोध्न सक्छन्। एमाले अहिलेसम्म रोष्ट्रम घेराउ जारी राख्नेमा कायम छ ।
त्यसैले माओवादी केन्द्र र एकीकृत समाजवादीले बहिष्कार गरको अवस्थामा एमसिसी पारित हुनेछ।
एकीकृत समाजवादीमा एमसिसीको पक्षमा भोट हाल्नु पर्ने मत बलियो छ। मुख्यगरी मन्त्रीहरू त्यसको पक्षमा छन्। उनीहरूकै जोडबलमा शनिबार एकीकृत समाजवादीले एमसिसी संसदमा टेबल गर्ने निर्णय गरेको हो। सो पार्टीले एमसिसीमा सांसदहरूलाई स्वविवेक प्रयोग गरेर मत हाल्न दिने निर्णय गरेको एक नेताले बताए।
यस्तो अवस्थामा माओवादी केन्द्रले विपक्षमै मत हाले पनि एसिसी संसदबाट पास हुन्छ। एमसिसीमा मतदान हुने दिन प्रतिनिधि सभाका कम्तीमा एक चैथाइ सांसद अर्थात् ७९ जना उपस्थित हुनुपर्छ। उपस्थित सांसदको बहुमतले कुनै पनि प्रस्ताव वा विधेयक पास गर्न सक्छन्।
सरकारका एक मन्त्रीले प्रस्ताव टेबल भएको ७२ घन्टाभित्र एमसिसी पास गर्ने तयारी रहेको बताए।

