नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब माधव नेपालसँग सहकार्य गर्न नसकिने भन्दै असन्तुष्ट नेताहरुसँग छुट्टै छलफलसमेत थालेको पाईएको छ ।
झलनाथ खनालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्नेसम्मको परिस्थिति उत्पन्न भएकोले सोहीअनुसार गृहकार्य भैरहेको समाजवादीका एक नेताले जनाए ।
विश्वस्त्र सूत्रकाअनुसार झलनाथ खनालको नेतृत्वमा नयाँ दल दर्ता भए भीम रावल, घनश्याम भुषाल, झपट रावललगायत एमालेका थुप्रै नेता तथा सांसदहरु पनि जोडिने तयारी भएको छ ।
एमालेभित्रका एमसीसीका कट्टर विरोधीहरुहरुले पार्टीमा विद्रोह गर्ने तयारी गरेका छन् । एमसीसीको विषयमा एमालेले नरम नीति लिएको उनीहरुको बुझाई छ ।
खनालले एमसीसीबारे पार्टीले लिएको नीति गलत भन्दै यसको भण्डाफोर गर्ने र तत्कालै नयाँ दल गठन गर्ने तयारी गरेको स्रोतको दाबी छ । खनालको नेतृत्वमा बन्ने दलमा वामदेव गौतम पनि सहभागी हुने बुझिएको छ ।
गौतमले एमसीसी फिर्ता लैजानको लागि अमेरिकासँग आग्रह गर्दै आएका छन् ।सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताए ।
आज आइतवारको प्रतिनिधि सभाको बैठकपछि बोल्दै उहाँले सरकारमा रहेका दलहरूको असहमतिमा संसदमा एमसीसी टेबल गरिनु संविधानलाई मिच्ने काम भएको बताए ।
प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै नेता खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताए ।
उनले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताए ।
नेता खनालले एउटा आर्थिक सहायताका लागि देश विभाजन गर्न नमिल्ने बताउए । उनले भने, ‘संविधान सभाले बनाएको संविधानको धारा २७९ ले सङ्घीय ऐन बनाएर मात्रै यस्ता खालका सन्धि, सम्झौताहरू अनुमोदन गराउन भन्छ । चार प्रकारका सन्धि, सम्झौताहरू मात्रै यो ठाउँमा अनुमोदनका लागि ल्याइने गरिन्छ ।
सङ्घीय ऐन नै नबनाइ संविधानलाई मिचेर जबरजस्ती एमसीसी टेबल गर्नु संविधान विरोधी काम हो । संविधानलाई मिच्ने काम भयो । प्रमुख प्रतिपक्षले संसद् चल्न दिएको छैन । यस्तो बेलामा कुनै पनि कार्यसूचीहरू आउँदैनन् ।
राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई यस्तो बेलामा पेस गर्ने कुरा अर्को लज्जास्पद कुरा हो । स्थायी कमिटीको बैठकमा एमसीसी टेबुल गर्न दिने भनिएको छैन । अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भइरहेको छ ।
एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ रु यसका लागि कतिपय मानिसहरु यहाँ निहुरिरहेका छन्, यो लज्जास्पद कुरा हो ।’

