बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्। नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागि हुन उनी नेपाल आउन लागेको बताइएको छ।
नयाँ वर्ष २०७९ वैशाख ३ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन । उक्त कार्यक्रममा सहभागि हुन सलमानसहित बलिउड कलाकारको टोली नै नेपाल आउन लागेको जनाईउको छ।
सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, गायक गुरु रन्धावालगायत कलाकार आउने बताइएको छ।
लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो । खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए ।
उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ ।
सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ ।
करिब एकदशक अगाडि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर भव्य कार्यक्रम गरेको ओडीसीले ०७४ फागुनमा पनि सलमान खान काठमाडौं ल्याउने तयारी गरेको थियो । तर सो समय बिभिन्न कारणले सलमान खानको कार्यक्रम रद्द भएको थियो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिए ।
सलमानलगायत कलाकार ल्याउने बिषयमा कलाकारलाई सम्झौता अनुसार रकम भुक्तानी गर्न ४ करोड पठाउने बिषयमा ओडीसीका गुरुङले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको समेत जानकारी दिएका छन् ।
यस बिषयमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले भने आफुलाई जानकारी नभएको बताए । केही अगाडि सलमान खान ल्याउने हल्ला मैले पनि सुनेको थिए । तर आधिकारिक जानकार भने छैन । त्यस्तै मन्त्रालयका प्रवत्ता टेकराज पाण्डेले आफु केही दिनदेखि बिदामा रहेकोले यस बिषयमा जानकारी नभएको बताए ।
त्यस्तै प्रर्यटन बोर्डका प्रवत्ता मणि लामिछानेले पनि यस बिषयमा जानकारी नभएको बताए । ‘नेपाल भ्रमण बर्ष २०२० मै सलमान खानलाई हामीले नेपाल ल्याउन चाहेको हो ।
तर बिबिध कारणले बातवरण मिलेन’ लामिछानेले भने ‘अहिलेको समय सलमानलाई नेपाल ल्याउन सेक अन्तराट्रिय जगतमा नेपाल सुरक्षित छ भन्ने सन्देश जानेछ ।’

