पार्टीको साधारण सदस्यसमेत नरहने गरी एक जनाले राजीनामा दिएका छन् । राजाराम बर्तौलाले राप्रपाबाट राजीनामा दिएका हन्
कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन्।
पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले
पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताएका छन् ।

यो पनि,
नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ ।
पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ ।

