डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन्।
६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन्।

यो पनि,
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोवल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
यस अवसरमा प्रचण्डले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।

