पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ओली केही समयअघि बालुवाटार पुगेका हुन्। संसदमा एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच पहिलो पटक छलफल हुन लागेको हो।
यो चुनावमा कोहीसँग गठबन्धन नहुने देउवालाई आश्वस्त पार्ने प्रयास
सत्तारूण गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा ९एकीकृत समाजवादी० ले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।
एमसीसी सम्झौतालाई जसरी पनि पास गराउन बल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो केही दिन सक्रियता बढाए ।
गठबन्धनका मुख्य दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँगको छलफलसँगै उनले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानीलाई अघि बढाए ।
एमसीसी पास गर्न देउवाले कतै ओलीको साथ लिने त होइन भन्ने माओवादी र एकीकृत समाजवादीको आशंकाबीच देउवाले दूतमार्फत् वा आफैँ पुगेर प्रयास जारी राखेका छन् ।
केही दिनअघि बालकोट पुगेका देउवाले ओलीसँग एमसीसी र सरकारको बारेमा चासो राखेका थिए । बालकोटनिकट स्रोतका अनुसार देउवाले ओलीसँग कतै चुनावी तालमेल माओवादी वा नेकपा एससँग हुने त होइन भन्दै आशंका गरेका थिए ।
ओलीले यो चुनावमा कोहीसँग गठबन्धन नहुने आश्वस्त पार्दै सरकार नढल्नेमा देउवालाई विश्वस्त तुल्याए ।
‘प्रधानमन्त्रीको सरकार गिर्छ कि भन्ने आशंका रहेछ’ बालकोट निकट स्रोतले भन्यो, ‘अध्यक्षज्यूले गठबन्धन नहुने र सरकार नढल्ने कुरामा आश्वस्त पार्नु भयो ।’
देउवासँगको भेटमा ओलीले सरकारलाई दुई तिहाइनजिक पु¥याउने जिम्मा आफूहरूको भएकोमा आश्वस्त हुन आग्रह गरेको थियो ।
एमाले, लोसपा र जसपाको एउटा पक्षलाई लिएर सरकारलाई दुई तिहाइ नजिक पु¥याउने ओलीको भनाइ थियो । एमसीसीका विषयमा ओली प्रष्ट जवाफ नदिए पनि विवेक पु¥याएर निर्णय गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

