अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी विवादमा तानिने अडियो सार्वजनिक भएको छ ।
पलले गरेको केयरका कारण उनीसँग प्रेम सम्बन्धमा परेको बताउँदै समीक्षाले १६ वर्षको उमेरमा नै आफूहरूबीच शारीरिक सम्पर्क भएको पनि बताएकी छन् । आफूले अस्वीकार गर्दा पनि पलले भरोसा दिलाएर शारीरिक सम्पर्क गरेको पनि उनको भनाइ छ ।
‘पोखराको एक होटेलमा उसले मलाई छुन खोज्यो,’ उनले भनेकी छन्, ‘के गरेको लाज लाग्दैन भनेर प्रश्न गर्दा म तिमीलाई मन पराउँछु भनेर नजिक आयो । तर म टाढिएपछि ऊ अर्कै बेडमा सुत्यो ।’
पछिपछि केयर गर्ने र बारम्बार सम्पर्क गर्ने भएपछि आफू पनि पलसँग कुरा गर्न थालेको बताउँदै उनले भनिन्, ‘कुराकानी निरन्तर हुन थालेपछि प्रेम सम्बन्धमा परेँ । एक वर्षपछि उसको योजना सफल बन्यो र उसले मलाई इग्नोर गर्न थाल्यो ।
त्यसपछि मैले मेरो परिवारमा यो कुरा सुनाएँ । पछि पल, मेरो परिवारबीच छलफल भयो । पहिले उसले समीक्षा गर्भवती भएको छैन, प्रेमी–प्रेमिकाबीच यो स्वाभाविक हो भन्यो । तर मेरो परिवारले उसलाई स्विकार्न अनुरोध गरेपछि दुई वर्षपछि बिहे गर्ने कुरामा सहमति जनायो ।’
यता, पलले भने ती कुराहरू वास्तविकभन्दा टाढा रहेको स्पष्टीकरण दिएका छन् । उनले गायिकालाई कसैले उकास्न लगाएको आरोप पनि लगाएका छन् । साथै पलले आफूलाई ‘प्ले ब्वाई’ को उपनाम दिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल लेखेका छन् –‘विगत केही समययता मसँग एक जना गायिकाको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यमहरूमा ‘रियल हिरो कि प्ले ˗ब्वाई’ भन्ने जस्ता शीर्षक, मेरो अन्य महिला साथीहरूको मञ्जुरी र अनुमतिबिना निजहरूको समेत तस्बिर राखी बनाइएको रिपोर्ट
र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहीन लाञ्छना लगाएर मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवम् व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिपोर्ट, अडियो तथा समाचारहरू प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै, उनले अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा आफैँ आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।
‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शङ्का छ,’ उनले लेखेका छन्, ‘प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ ।
यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मीले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो । निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासेबमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’
कानुन भन्छ – बालिकासँग सहमतिमै यौ’न सम्पर्क राख्नु पनि क’रणी
समीक्षाको भनाइलाई परिभाषित गर्ने हो भने उनी १६ वर्षको हुँदा उनीहरूबीच शारीरिक सम्पर्क भएको देखिन्छ । तर नाबालकसँग के सही के गलत भनेर निर्णय गर्ने क्षमताका लागि उनीहरूको मस्तिष्क विकास भइसकेको हुँदैन । त्यसैले शारीरिक सम्बन्धका लागि उनीहरूले गरेको निर्णयलाई नेपालको कानुनले अबोधताको दृष्टिले हेर्छ ।
यस घटनामा समीक्षा एक अबोध बालिका हुन् र पल शाह सही–गलतको निर्णय लिन सक्ने एक परिपक्व र पूर्ण सचेत व्यक्ति हुन् । त्यसैले उनले समीक्षाप्रति अभिभावक/संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेमा उनको अबोधताको फाइदा उठाएर क’रणी गरेको भन्ने व्याख्या कानुनले गर्छ ।
यसैले पनि यो मुद्दामा पल शाहलाई नाबालिका ब’लात्कारी ठहर गरी जेल पठाइन्छ भने समीक्षा अधिकारीलाई मानसिक साथै यौ’न र प्रजनन शिक्षा र सचेतनासम्बन्धी परामर्शका लागि पठाइन्छ ।
मन मिल्दैमा यस्तो मुद्दामा नाबालकको सहमतिलाई सहमति मानिँदैन । यदि समीक्षाले नै शा’रीरिक सम्बन्धका लागि प्रस्ताव राखेको भए पनि उनको त्यो अज्ञानतालाई पलले सम्झाई बुझाई गर्नुपर्ने हुन्छ भनेर कानुनले भन्छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ मा ‘करणी सम्बन्धी कसु’रको बारेमा व्यवस्था गरिएको छ । जस अनुसार दफा २१९ मा कसैले जव’र्जस्ती कर’णी गर्न हुँदैन भन्ने व्यवस्था गरेको छ ।
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई कर’णी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जव’र्जस्ती क’रणी गरेको मानिने कानुनले व्यवस्था गरेको छ ।

