जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपाभित्र डँडेलो झैं दन्केको आगो निभाउनका लागि अध्यक्ष यावदले त्यसदिन बैठक बोलाएको स्रोत बताउछ ।
पार्टीभित्र डँडेलो लगाउने काममा सक्रिय रहेका बाबुराम भट्टराईले हिसिला यमिलाई अघि सारेर नयाँ पार्टी बनाउने प्रयास पनि गरेपछि अध्यक्ष यादवले पार्टीभित्र गम्भीर छलफल चलाउन थालेको स्रोत बताउछ ।
स्रोत भन्छ, २०७८ फागुन १३ गते बैठक नबोलाएको अवस्थामा भट्टराई पक्षका नेताहरुले हस्ताक्षर अभियान चलाएर बैठकको माग गर्ने तयारी गरेका थिए । बाबुराम पक्षको उक्त अभियान सफल हुनुभन्दा अघि नै यादवले बैठक बोलाइदिएका छन् ।
निर्वाचन आयोगमा बाबुरामको सचिवालयमा काम गर्ने फडिन्द्र देवकोटाकै सक्रियतामा समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएकोले यादव अहिले बाबुराम गएपनि पार्टीमा क्षति कम होस् भन्ने प्रयासमा लागेको जसपाका नेताहरुले बताएका छन् ।
जसपामा अशोक राई पक्षधरले बाबुरामलाई साथ नदिने कर्न्फम भएको छ । त्यसैगरी, महिन्द्र राय यादवले विभाजनमा भने साथ नदिने संकेत दिएका छन् ।
उनीहरुले साथ नदिए पार्टीमा बाबुरामको ४० प्रतिशत पुग्ने अवस्था छैन् अनि निर्वाचन मिति घोषणा भएपछि नयाँ दल दर्ता मिल्ने भए पनि दल विभाजन गर्न नमिल्ने कानूनमा उल्लेख छ । सोही कारण बाबुराम नयाँ पार्टीतिर लागेका जसपाका नेताहरुको भनाइ छ ।

