राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड फागुन १२ गते गर्ने तयारी भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापि टलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको छ ।
फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् ।
नेपाल टेलिकमबाट सरकारले लग्यो २० प्रतिशत नगद लाभांश
सरकारले पैसाको अत्यधिक आवश्यकता भएको भन्दै नेपाल टेलिकमबाट एडभान्स मै नगद लगेको छ। उसले तीन अर्ब रुपैयाँ लगेको नेपाल टेलिकम उच्च स्रोतले जनाएको छ।
नेपाल टेलिकमले पुस मसान्तमै साधारण सभा गर्नु पर्ने हो। उसले बिहीबारसम्म लाभांश र साधारण सभा दुवै घोषणा गरेको छैन। उसले लाभांश घोषणा गर्न ढिलाइ गर्दै गइरहेको अवस्थामा लाभांश बापत पाउने रकम पहिले नै लैजानुलाई एडभान्स लाभांशको रुपमा लिइएको हो।
सरकारले लगेको तीन अर्ब रुपैयाँलाई हिसाब गर्ने हो भने सरकारले कम्पनीबाट २० प्रतिशत हुन आउने पैसा लगेको बताइएको छ। यस अर्थमा कम्पनीले कम्तीमा पनि २० प्रतिशत नगद लाभांश घोषणा गर्नेमा कुनै दुबिधा नहुने टेलिकम स्रोत बताउँछ।
यति बेला सरकारलाई निर्वाचन खर्च जुटाउन धौ धौ परिरहेको छ। जसले गर्दा पनि सरकारले आम्दानी हुने ठाँउको रकम पहिले नै लैजाने चलन छ। यसै पनि टेलिकम सरकारको लागि राम्रो आम्दानीको स्रोत मध्ये पर्छ। अघिल्लो साल समेत निर्वाचनकै कारण कम्पनीको साधारण सभा ढिलो भएको थियो।
अघिल्लो वर्ष पनि निर्बाचनको लागि पैसा चाहिने भन्दै उसको लाभांश घोषणा पछि सारिएको थियो। गएको वर्ष निर्वाचन नहुने पक्का पक्की भएपछि मात्रै टेलिकमले लाभांश र साधारण सभा घोषणा गरेको थियो। गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको थियो।

