अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।
१७ वर्षीया एक गायिकाले बला’त्कारको आरोपको लगाएर प्रहरीमा उ’जुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर षड्यन्त्र भएको लेखेका छन् ।
पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दो’षी भएमा कानुन बमोजिम स’जाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो”, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ”
लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजा’य भोग्न तयार छु ।’

