प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।
आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्। बैठक भोलि १ बजे पुनः बस्ने बताइएको छ ।
यसैबीच, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल केही सांसदलाई लिएर धनगढी प्ुगेका छन् ।
देशको राष्ट्रिय मुद्धा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपनि भोली १ बजे पुनः बस्ने भएको छ ।
तर यता केही सानो कार्यक्रममा भाग लिनका लागि माधव कुमार नेपाल सांसदहरुलाई लिएर धनगढी गएको उच्च स्रोतले जनाएको छ ।
नेपाल र आलेलाई नेकपा समाजवादीका केही कार्यकर्ताले एयरपोर्टमा आएर माला लगाई स्वागत गरेका छन् ।

