प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट २०७८ फाल्गुण १२ गते सुनसरी जिल्ला, ईटहरीस्थित नं। २ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरिएको छ ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माबाट उक्त बाहिनी अड्डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन समेत गरिएको थियो ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले २०७८ फाल्गुण १३ गते धरानस्थित गल्फ कोर्समा आयोजना हुने”5th Annual Invitation Corporate Golf Tournament” को समुद्घाटन तथा सैनिक आवासीय महाविद्यालयको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
भारतीय सेनाले दियो नेपाली सेनालाई एक लाख डोज खोप उपहार
भारतीय सेनाले नेपाली सेनालाई कोभिड(१९ विरुद्धको एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको छ ।
नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्त नारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे ।
भारत सरकारले खोप मैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।(रासस

