नेकपा (एमाले)का पूर्वनेता बामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। एक वर्षपछि प्रचण्डनिवास खुमलटार पुगेर उनले भेटवार्ता गरेका हुन्।
नेकपाकालमा उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि एकता अभियानमा सक्रिय भएका थिए। नेकपा (एमाले) पनि विभाजित भएपछि उनी पार्टीविहीन भएका छन्।
पछिल्ला समय ‘राष्ट्रिय एकता अभियान’का नाममा सक्रिय गौतमले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग छलफल गरेका हुन्। गौतम अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता अनुमोदनको विपक्षमा रहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।
गठबन्धन जोगाएर एमसिसीमा मध्यमार्गी उपाय अपनाउनुपर्ने मत माओवादी र एकीकृत समाजवादीमा बढेपछि दाहाल छलफलका लागि बालुवाटार पुगेका हुन्। भेटमा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी छन्।
एमाले र कांग्रेसको छलफलबाट माओवादी र एकीकृत समाजवादी झस्किएका छन्। बालुवाटार जानुअघि दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुराकानी गरेका थिए।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आज शुक्रवार दिउँसो अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा रहेको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए ।
भेटवार्ताका क्रममा अलमलमा परेको वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

