पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङ फर्किएका छन्। जसपाका गण्डकी प्रदेश समिति इन्चार्जसमेत रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् । त्यस कार्यक्रममा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएको भन्दै ओलीको प्रशंसासमेत गरे ।
उनले भने, ‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे, पार्टी अरु पार्टी के पार्टी, एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’
अध्यक्ष ओलीले अबको जीवन देश र जनताका लागि भनेझैँ आफूहरुको अबको जीवन पनि एमालेका लागि भएको गुरुङले बताए। कास्कीको धम्पुस निवासी गुरुङ यसअघि २०६९ साल एमालेमै थिए। तर अशोक राईसहितले छाडेपछि उनी पनि संघीय समाजवादी पार्टीतिर लागेका थिए।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले आफूमाथि ढुंगा हानेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताएका हुन् ।
‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, उनले भने, ‘उनीहरुलाई त ताली बजाउँछन्।’
‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा। बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन ।’ उनले भने, ‘नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’
कांग्रेसऔमाओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर रु’

