काठमाडौं । एक गायिकाले नायक पल शाहविरुद्ध जब’र्जस्ती क’रणीमा जाहेरी दर्ता गराएकी छन् । गायिकाका तर्फबाट बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता गरेका हुन् ।
अब प्रहरीलाई अदालतबाट पक्राउ पुर्जी लिएर शाहलाई प’क्राउ गर्ने र हि’रासतमा राखेर अनुसन्धान गर्न सक्ने बाटो खुलेको छ ।
तर कानुनतस् जा’हेरी दर्ता हुनु सामान्य प्रकृया हो । जाहेरी दर्तापछि प्रहरीले अनुसन्धान गर्ने र प्रमाण भेटिए अदालतमा मु’द्धा दर्ता हुन्छ भने प्रमाण नभेटिए सरकारी वकिल कार्यालयमार्फत मु’द्धा नचल्ने निर्णय पनि हुन सक्छ ।
गायिकाको उमेर १८ वर्षभन्दा कम भएकाले यदि यौ’न सम्बन्ध भएको भन्ने पुष्टी भए सहमतिमै सम्बन्ध भएको देखिए पनि अदालतले त्यसलाई ज’बर्जस्ती क’रणी ठहर गरी शाहलाई १० देखी १२ वर्षसम्म कैद सजाय तोक्न सक्छ र पीडितलाई मनासिव क्षतिपुर्ती पनि दिन सक्छ ।
जाहेरी अनुसार घटना हालसालै भएको होइन । पछिल्लो एक वर्षभित्र भएको हो । कानुनले जब’र्जस्ती क’रणी भएको एक वर्षभित्र जुनसुकै बेला पनि जाहेरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।
यसले गर्दा पीडितको मेडिकल परिक्षण गरेर जबर्जस्ती करणी भए नभएको थाहा हुन सम्भव नहुने अनुसन्धान अधिकारीहरु बताउँछन् । त्यसो त नेपालमा हुने गरेका जब’र्जस्ती कर’णीका घटनामा पीडितको भेजिनल स्वाब परीक्षण गरेर आरोपित व्यक्ति संलग्न थियो वा थिएन भन्ने पुष्टी गर्ने गरिएको पाईदैन ।
ज’बर्जस्ती क’रणीपछि हत्याका घटनामा भने त्यसो गरिन्छ।
‘एक वर्षभित्र उजुरी गर्न सक्ने भएकाले स्वाब परीक्षण गरेर पत्ता लगाउन सम्भव पनि हुँदैन’, अनुसन्धान अधिकारी भन्छन् । नायक शाहको सन्दर्भमा घटना भएको भनिएको दिनको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रमाण जुटाउन सक्छ ।
त्यस दिन उनीहरु सँगै थिए वा थिएनन् भन्ने थाहा पाउन सक्छ । शाहविरुद्धको बलियो प्रमाण उनले पीडित किशोरीसँग कुरा गरिरहेको अडिओ टेप हुन सक्छ जहाँ उनले ‘गर्भवती त भएको छैन नी, सहमतीमा त केही भयो होला’ भनेको सुनिन्छ ।
यदि पीडितले अदालतसमक्ष हुने बयानमा आफूमाथि जब’र्जस्ती क’रणी नभएको भन्ने बयान दिए जाहेरवालालाई नै कै’द सजा’य हुने का’नूनी व्यवस्था रहेको छ ।

