नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउने गरी एमसीसी पारित गराउने तयारीमा अघि बढेका छन् । देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग नै सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेका हुन् ।
ता, अहिले कांग्रेस र एमालेका दोस्रो तहका नेताहरु ओली निवास वालकोटामा छलफल गरिरहेका छन् ।
तर देउवा ओलीलाई भेट्न जाने कार्यक्रम स्थगित भएको स्वकिय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी संसद पारित गराउन देउवाले सबै विकल्पमा छलफल गरिरहेका थिए ।
तर अहिलेकै गठबन्धन कायम राखेर एमसीसी पारित हुने भएपछि एमालेसँग तत्काल सहकार्य नगर्ने निष्कर्ष देउवाले निकालेका हुन् ।
देउवाले एमसीसी पारित गराउन प्रचण्ड र माधव नेपालसँग लिखित प्रतिबद्धता मागेका थिए । कांग्रेस र एमालेबीचको सहकार्य जसरी पनि रोक्ने रणनीति लिएका प्रचण्ड र माधव अन्ततः देउवाले भनेअनुसार अघि बढ्न तयार भएका हुन् । यद्यपी अहिले नै नयाँ सहमतिको निष्कर्ष आएको छैन ।
गठबन्धन टुट्दैन, एमसीसीका सन्दर्भमा सहमतिबाट अगाडि बढिन्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन्।
शनिबार गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीका नेताहरुसँग सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले एमसीसी सम्झौता संसद्बाट पारित गर्ने सन्दर्भमा देखिएको समस्या समाधान गर्नेगरी छलफल भइरहेको पनि जानकारी दिए।
एमसीसीबारे सहमतीकै बाटोबाट अघि बढिने पनि प्रचण्डको भनाइ छ। ‘हामी छलफल गरिराखेका छौं। समस्याको समाधान हुन्छ। गठबन्धन टुट्दैन। सहमतीको बाटोबाटै अघि बढिन्छ,’ प्रचण्डले भने।

