अभिनेता पल शाह आज प्र’हरी सामु आ’त्मसम’र्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्र’हरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् ।
उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु २’को प्रदर्शनका कारण प्रहरीसामु उपस्थित नभएको पनि बताएका छन् ।
अभिनेता शाहले लेखेका छन, नमस्कार सबैमा ,मेरो आफ्नो स्वास्थ्य स्थिती बि’ग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २“ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन
भएका कारण फिल्मलाई असर नपरोस भनि म प्र’हरि सामु उपस्थित हुन नसकेकोमा मा’फी माग्न चाहन्छु ।
नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्र’हरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद । ‘

