अभिनेता पल शाहविरुद्ध अर्को किटानी जारी परेको छ । जब’रजस्ती कर’णीसम्बन्धी कसू’रमा अर्को किटानी जाहेरी लिएर पीडित नवलपरासीको गैंडाकोट पुगेकी छन् । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।
प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला ज’बरजस्ती क’रणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा ज’बरजस्ती कर’णी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुनेरनहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध ज’बरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।
लगत्तै जिल्ला अदालत, तनहुँबाट प’क्राउ पू’र्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।
आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि गैंडाकोटमा जा’हेरी दर्ता हुन लागेको हो ।
‘जाहे’रीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौं’ एक प्रहरी अधिकृतले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौं ।’
जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरु’द्ध जबर’जस्ती कर’णीको क’सूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

