एक पार्टीले १४ नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेको छ । जनता समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासनको घोषणा गरेको हो।
निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् । उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।
प्रचण्ड एमसीसीको पक्षमा लागेपछि माओवादी नेताको घोषणा -म एमालेतिर लागेँ
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने निर्णय लिएपछि एकजना प्रदेश कमिटी सदस्य एमालेतिर लागेका छन्।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् डोटीका युवा नेता भरत बोहोराले प्रचण्डले एमसीसी पारित गर्ने निर्णय गरेपछि पार्टी छाड्ने घोषणा गरेका हुन्।
माओवादी छाडेको घोषणासहित उनी आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी हुँदै एमालेमा प्रवेश गरेका छन्।
बोहोरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरे।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणाको समर्थन गर्दै संसदबाट अनुमोदन गर्ने निर्णय गरेका छन्।

