प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको छेउमै अवस्थित जिल्ला कैलालीको अत्तरियामा एससीसीको विरोधमा बिहानैदेखि सडक तना’वग्रस्त बनेको छ। ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले गरेको नेपाल बन्दको क्रममा अत्तरियामा आन्दोलकारीले बिहानैदेखि सडक अवरुद्ध गरिरहेका छन्।
यस्तै उनीहरुले एससीसीको विरुद्धमा नारावाजीसमेत गरिरहेका छन्। उनीहरुले ‘शेरे चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘‘एमसीसी खारेज गर’ लगायतका नारा लगाएका छन्।
बन्दका क्रममा अत्तरियामा बजार समेत बन्द रहेको छ। बजारक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
डडेल्धुरामा एमसीसीविरुद्ध लाग्यो ‘शेरे तेरो पाराले, दुःख पाए साराले’ नारा !
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध डडेल्धुरामा पनि दिनहुँ वि’रोध प्रर्दशन चर्किँदै’ गएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरो’ध गरिरहेका हुन्।
आइतबार नेपाल कम्युनिस्ट पार्टी , राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा नारा लगाउँदै वि’रोध गरेका हुन्।
‘अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, राष्ट्रघाती सरकार मुर्दावाद, शेरे तेरो पाराले दुःख पाए साराले, प्रचण्ड तेरो पाराले दुःख पाए साराले, राष्ट्र’घाती एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक एमसीसी’ लगायतका नारा लगाउँदै उनीहरू वि’रोध प्रदर्शन गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका सेती महकाली इञ्चार्ज तथा केन्द्रीय सदस्य ओम प्रकाश पुन, कांग्रेस बीपीका डडेल्धुरा संयोजक तिलक हमाललगायतका नेताहरूले र्यालीपछिको कोणसभालाई सम्बोधन गरेका थिए। कोणसभामा बोल्ने वक्ताहरूले एमसीसी सम्झौता रा’ष्ट्रघाती भएकाले यसलाई नेपालमा लागू गर्न नहुने बताएका थिए।

