अमेरिकी सहायता परियोजना एससीसी प्रतिनिधिसभाबाट पारित गर्न सघाएको भन्दै नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले विद्रोह गरेका छन् ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्न सघाएर राष्ट्रप्रति गद्दारी गरेको भन्दै नेकपा (एस) का मोरङ जिल्ला सदस्य ठगेन्द्र न्यौपानेले विद्रोह गरेका हुन् ।
उनी नेकपा एसको भ्रातृ संगठन अखिल नेपाल किसान संगठनको केन्द्रीय सदस्य र पार्टीको रतुवामाई नगर कमिटी सचिव समेत हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
‘राजनीतिको फोहोरी खेलले राज्यसमेत बेच्न तयार हुने दर्शन र सिद्धान्त पाच्य हुन सकेन । मूलतः बामपन्थी र त्यसमा पनि अग्रगमनका पक्षधर भनिनेहरूले नै राज्यमाथि गद्दारी गर्दै हिँडीरहँदा त्यही विचार र संगठनमा अट्न नसक्ने अवस्था सिर्जना भयो’, उनले फेसबुकमा लेखेका छन्,
‘आजकै दिनबाट नेकपा एसको जिल्ला कमिटी सदस्य, नगर कमिटी सचिव र अखिल नेपाल किसान संगठनको केन्द्रीय सदस्यलगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग रहनेछु ।’
प्रचण्डपछि आज ओलीले पनि पत्रकार सम्मेलन गर्दै, एमसीसीबारे धारणा राख्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
आजको पत्रकार सम्मेलनमा एमालेले एमसीसीबारे पनि धारणा राख्ने बताइएको छ । पत्रकार सम्मेलनका लागि दिउँसो १ बजे, रोयल ब्यांकेट तीनकुनेमा पत्रकारहरूलाई बोलाइएको छ ।
यसअघि हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पत्रकार सम्मेलन गरेर एमसीसी लगायतका विषयमा धारणा राखेका थिए । नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता प्रकाशशरण महतले पनि पत्रकार सम्मेलन गरेर एमसीसी पास गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका थिए ।
एमसीसी पास गराउन एमालेले पनि सकारात्मक योगदान दिएको महतले बताएका थिए । एमसीसी पास गरिएको आइतबारको संसद बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो ।

