नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग ल्याउन सक्ने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठले एमसीसी पारित गरेपछि त्यसबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले कुन बेला कसरी सबै हेक्का राखेर सभामुखविरुद्ध महाभियोग ल्याउने चेतावनी दिए।
‘हामीले सभामुखको आलोचना गर्दा महाअभियो किन ल्याउँन हुन्न भन्नु हुन्छ। एमाले एउटा जिम्मेवार पार्टी हो। कुन बेला कसरी महाभियोग ल्याउने भन्ने कुरा हेक्का नराखेर खुरुखुरु गर्दैन’ ओलीले भने, ‘सभामुखमाथि महाअभियोग ल्याउन सकिँदैन भन्ने होइन।
ल्याउन सकिन्छ।’ यदी सभामुखले राजीनामा दिएमा नल्याउने ओलीले बताए।
‘हामी उहाँको (सभामुख) राजीनामा पर्खिरहेका छौं। ससम्मान बर्हिगमित हुनुस्। ससम्मान हट्नुस् ।’ यदी सभामुखले राजीनामा नदिए संसदबाट निस्कासन गरिने ओलीले चेतावनी दिए। ‘
उहाँका क्रियाकलाप अनुचित छन्। उहाँका क्रियाकलाप सच्याउने वा कुनै व्यक्तिप्रति एक्सन लिँदा कसरी लिने कुनबेला लिने भन्ने कुरा एमालेले विचार गर्छ’ ओलीले भने।
एमसीसीमा एमालेलाई जोडेर निर्लज्ज ढंगले हल्ला चलाइयो – ओली
ओलीले एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दावी गरेका छन् ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेको र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए ।
‘निर्लज्ज ढंगले हल्ला चलाइयो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसदमा ल्याइयो र प्रदीप ज्ञवाली अमेरिका गएका बेला आईपीएसको अंग बनाइयो ।’
ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे । ‘सम्झौता गठबन्धनवालाले गरे,’ उनले भने, ‘हामीसँग सहकार्य, सोधपुछ गरेको पनि होइन । त्यति बेला हामी प्रतिपक्षको हैसियतमा थियौं । हामीसँग कुनै परामर्श गर्न आवश्यक ठानिएन ।’
ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘तथाकतिथ व्याख्यात्मक घोषणा गर्नु भयो, त्यसको कुनै अर्थ छैन् ।’
ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए । ‘यसभित्र राजनीति नगरि यसलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्ने थियो,’ ओलीले भने, ‘यसबाट मतभेद सिर्जना गर्ने, हुँडलो मच्चाउने काम भयो ।’
ओलीले माओवादी केन्द्र र एकीकृत समाजादीप्रति समेत कटाक्ष गरे । एमसीसीलाई राष्ट्रघाती भन्नेले के आधारमा त्यसलाई स्वीकार गरेको भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘एमसीसीमा राष्ट्रघात भएको हो कि होइन रु,’ उनको प्रश्न छ, ‘होइन भने किन कार्यकर्ता परिचालन गर्नुभयो, कार्यकर्ता भत्काउनुभयो रु’

