राष्ट्रपति कार्यालय शीतल निवासले दुई जना विज्ञ नियुक्त गरेको जानकारी दिएको छ । त्यसमध्ये वातावरण विज्ञमा काठमाडौं महानगरपालिका–४ स्थायी घर भएका डा। कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।
डा।ओली नाताले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका काका हुन् । पहिले भतिज प्रधानमन्त्रीले काकालाई राष्ट्रिय योजना आयोगमा लगेका थिए । त्यसपछि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्ष नियुक्त थिए ।

यो पनि,
सभामुखले राजीनामा नदिए संसदले निष्काशन गर्नुपर्ने हुनसक्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग नटरेको बताएका छन् ।
उनले आज राजधानीमा एमसीसीबारे पत्रकार सम्मेलन आयोजना गर्दै सापकोटाविरुद्ध महाभियोग ल्याउन सक्ने बताए ।
‘हामीले सभामुखको राजीनामा मागिराखेका छौं,’ ओलीले पत्रकारको प्रश्नमा भने,‘राजीनामा नदिए महाभियोग ल्याउँछौ, संसदले निष्काशन गर्नुपर्ने हुनसक्छ ।’
सभामुख सापकोटासँग अनुचित क्रियाकलाप सच्याउने कि महाभियोगको सामना गर्ने बाहेकको विकल्प नभएको बताए । १४ सांसद निष्काशनको सूचना टाँस गरी सभामुख सापकोटाले विगतमा गल्ती गरेको भन्दै सच्याउनुपर्ने बताए ।
ओलीले एमसीसीको व्याख्यात्मक घोषणा नेपाली जनतालार्य झुक्याउने र ठग्ने उपाय भन्दै प्रचण्ड र माधव नेपालको आलोचना गरे । सत्ता गठबन्धनलाई अवैध सम्बन्धबाट जन्मिएको भने ।

