नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले पक्रा’उ पर्नुअघि जारी गरेको भिडिओ सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।
उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस् ।’
‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले आज स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘तिमीले चलचित्रबाट देखेको सपना तिमीलाई माया गर्ने दर्शकहरूले चलचित्र हेरेर मन पराइ दिएर पूरा गर्दिनु भएको छ । दिनप्रतिदिन दर्शकको साथ दोब्बर हुँदै गएको छ । साथै तिमीलाई सिनेमाघरमा दर्शकहरुले धेरैनै खोज्दै छन् ।
हाम्रो टिमको र दर्शकको पनि तिमीसँग बसेर सिनेमा हेर्ने सपना छ । छिट्टै सबैको सपना पूरा हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’
प्रहरी स्रोतले भने यस्तो कुरालाई हास्यास्पद संज्ञा दियो । बला’त्कारजस्तो गम्भीर अ’पराधमा प’क्राउ परेको अ’भियुक्तलाई सुरक्षा दिएर हलमा फिल्म हेर्न लैजाने कुरा असम्भव रहेको स्रोतको भनाइ छ ।
पल जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । हिजो नै जिल्ला अदालत तनहुँले उनलाई सात दिनको म्याद थप गरिसकेको छ । सामान्यतया तीन वर्षभन्दा बढी कै’द सजाय हुन सक्ने अपरा’धमा धरौटीमा छुट्ने सम्भावना पनि क्षीण हुन्छ ।
पलमाथिको आ’रोप प्रमाणित भए उनीमाथि १० देखि १२ वर्षसम्म कै’द सजाय हुन सक्ने सम्भावना छ ।
‘कम्तीमा १० वर्ष कै’द सजाय हुन सक्ने अप’राधमा मुछिएको व्यक्तिले प्रहरी नियन्त्रणमै हलमा गएर फिल्म हेर्ने कुरा गर्नु हास्यास्पद हो,’ स्रोतले भन्यो ।

